arrow

बालश्रम न्यूनीकरणका लागि परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
Bindu klumar thapa.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले बालश्रम न्यूनीकरणका लागि परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

पोखरा उद्योग वाणिज्य संघले किडासाको सहयोगमा आयोजना गरेको श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि “शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम” मा मन्त्री थापाले यस्तो बताएकी हुन् ।

उनले बालश्रम न्यूनीकरण र बालबालिकालाई विद्यालय पठाउने विषयमा किडासा जस्तो संस्थाले उल्लेखनीय काम गर्दै आएको भन्दै बालबालिकाका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए । साथै उनले सरकारी विद्यालयले शैक्षिक स्तरोन्नतिलाई विशेष ध्यान दिनुपर्ने र प्रविधिमैत्री शिक्षालाई अनुशरण गर्नुपर्नेमा जोड दिए । 

गण्डकी प्रदेश सरकारले ७० प्रतिशत बालबालिकालाई प्राविधिक शिक्षा उपलब्ध गराउने गरी काम गरिरहेको जानकारी दिंदै मन्त्री थापाले नैतिक शिक्षासँगै प्राविधिक शिक्षाको अभावमा रोजगारीका लागि अब कोही पनि बालबालिका भौतारिन नपर्ने स्पष्ट पारे । 

मन्त्री थापाले सरकारले सरकारी विद्यालयमा ५ कक्षासम्म उपलब्ध गराउँदै आएको निःशुल्क खाजाका कारण विद्यार्थीहरुको आकर्षण बढ्दै गएको दावीसमेत गरे ।  न्यून आयस्तर भएका परिवारका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्दा विद्यालय पठाउने बानीको विकास हुने उनले बताए । 

कार्यक्रममा क्लेपका अध्यक्ष राजेन्द्र कुमार लालचन, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, पोखरा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्य, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्षद्वय पवन प्रजापति, उपाध्यक्ष अर्जुन पोखरेल, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य लगायत सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ