arrow

पार्टीको निर्णय विपरीत जाने नौ जनालाई निकाल्यो सिराहा कांग्रेसले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
nepali-congress-flag-tree00.jpg
तस्बिर– फाइल

सिराहा । नेपाली कांग्रेस सिराहाले पार्टीविरुद्ध उम्मेदवारी दिएका तीन जना र उम्मेदवारका प्रस्तावक र समर्थक छ गरी नौ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

लहान नगरपालिकाको कार्यपालिकाको सदस्यको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बुथ सभापति लहान वडा नं ९ का महेन्द्र ठाकुर, क्षेत्रीय प्रतिनिधि रविन्द्र चौधरी र तेजनारायण ठाकुरलाई कारबाही गरिएको हो । 

साथै उनीहरुका प्रस्तावक र समर्थक वडा अध्यक्षहरु तथा बुथ सभापतिहरु सियाराम यादव ,रामदियाल महतो, घुरन थारु, सुर्यनारायन चौधरी, तेजनारायण चौधरी र रमेश गौतमलाई समेत पार्टीले साधारण सदस्य नरहने गरी निकालेको जिल्ला सभापति रामचन्द्र यादवले बताए । 

पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरुको नामावली २१ गतेसम्म पठाउन जिल्लाभर आग्रहसमेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ