arrow

तरुण दल अध्यक्ष गुरुङद्धारा गणतन्त्र दिवसको शुभकामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
bidwan-gurung-tarun-dal.jpg

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज प्रेस विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘लाखौँ लाख नेपाल आमाका सपुत सन्तानहरुले गणतन्त्र स्थापनाको लामो लडाइँमा निकै दुःख कष्ट भोग्नुका साथै शाहदतसमेत हुन पुगेको सत्य इतिहास हाम्रो सामु ताजै छ । गणतन्त्र स्थापनाको लडाइँको लामो काल खण्डमा शहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात शहीदहरुप्रति आजको दिनमा नेपाल तरुण दल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरु प्रति सम्मान व्यक्त गर्दछ ।’

अध्यक्ष गुरुङले उनले अगाडि भनेका छन्, ‘आजैका दिन हामीले जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पूरा गर्ने अठोट गर्दै नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा र बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक तथा हिमाल, पहाड, तराई मधेशलाई एउटै मालामा गाँसेर नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नु पर्ने प्रण गर्नुपरेको छ ।’

गुरुङको विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘नेपाली जनताले भर्खरै स्थानीय तह निर्वाचन २०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गरेका छौं । यस महान कार्यमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु हुने सम्पूर्ण जनसमुदाय तथा तरुण युवा साथीहरुमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक आभार व्यक्त गर्दछ । लोकतन्त्रको मूलभूत मान्यताले मात्र शान्ति र समृद्धिको मार्ग खुल्ने हुनाले सम्पूर्ण तरुण साथीहरुलाई लोकतान्त्रिक विचार र आर्दशबाट विचलित नहुन दल हार्दिक आग्रह गर्दै गणतन्त्र दिवसको पावन दिनमा नेपाली जनताका स्वतन्त्रता र लोकतान्त्रिक अधिकारहरु खोस्न सल्बलाउन लागेका निरङ्कुशताका अवशेषहरु पूर्ण रुपमा समाप्त गर्ने शक्ति, आँट र क्षमता प्राप्त होस् र सम्पूर्ण नेपालीहरु लोकतन्त्रको उर्वर जगमा सुखी र समृद्ध हुन एक भएर लाग्ने प्रेरणा प्राप्त होस् आजको दिनमा सम्पूर्ण नेपालीहरुमा यही शुभकामना ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ