arrow

जम्मू कश्मीरमा दुई हिजबुल मुजाहिद्दीन आतंकवादी मारिए, हतियार र गोला बारुद बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
jammu-kashmir-police.PNG

काठमाडौं । जम्मू कश्मीरको अनन्तनाग क्षेत्रमा भएको छोटो भिडन्तको क्रममा दुई हिजबुल मुजाहिद्दीन (एचएम) आतंककारीहरू मारिएको कश्मीर जोन पुलिसले जनाएकाे छ ।

अनन्तनागको शितीपोरा, बिजबेहारा क्षेत्रमा आतंकवादीहरूको उपस्थितिको बारेमा जम्मू र कश्मीर पाएको विशेष सूचनाको आधारमा अपरेशन शुरु गरेको थियो । त्यसपछि प्रहरीले सेना ३आरआर र सीआरपीएसफसँग मिलेर अपरेशन शुरु गरेको थियो ।

संयुक्त खोजी दल खोजी अभियानको क्रममा संदिग्ध भएको स्थानमा पुग्दा लुकेका आतंककारीहरूले संयुक्त खोजी दलमाथि अन्धाधुन्ध गोलीबारी गरेका थिए । त्यसको जवाफी कारबाहीका क्रममा मुठभेड भएको थियो ।

सो मुठभेडमा प्रतिबन्धित आतंकवादी संगठन हिजबुल मुजाहिद्दीनका दुई वर्गीकृत आतंककारीहरू मारिएका हुन् र तिनीहरूको शव मुठभेडको ठाउँबाट बरामद गरिएको थियो ।

प्रहरीका अनुसार मारिने आतंकवादीमा शाल्गाम श्रीगुफ्वारा निवासी फारुक अहमद गनीका छोरा इशफाक अहमद गनी र डोग्रीपोरा अवन्तीपोरा निवासी मोहम्मद अयुब दारका छोरा यावर अयुब दार रहेका छन् ।

प्रहरी तथ्यांकका अनुसार मारिएका दुबै आतंककारीहरू प्रहरी, सुरक्षा बल एवं नागरिक अत्याचारलगायतका धेरै आतंककारी अपराधका घटनाहरूमा संलग्न समूहका सदस्य थिए।

मारिएका आतंकवादीबाहेक यावर अयुब दार पनि डिसेम्बर ४, २०२१ मा रेलवे स्टेशन पंजगाममा एक जीआरपी कर्मचारीको हत्या र आक्रमण गर्ने प्रयास र मे २, २०२२ मा लार्मू क्षेत्रमा सीआरपीएफ बंकरमा आईईडी विस्फोटमा संलग्न थिए।

मुठभेड भएको स्थानबाट हतियार र गोलाबारुद बरामद गरिएको छ । बरामद भएका सबै सामग्रीलाई थप अनुसन्धानका लागि मुद्दा अभिलेखमा राखिएको छ । यस सम्बन्धमा कानूनको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ