arrow

विमान हराएको लेते क्षेत्रमा बादलले धुम्म, प्रहरीले थाल्याे खोजी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
pokhara-tara-air.PNG

काठमाडौं ।  पोखराबाट जोमसोङका लागि उडेको तारा एयरको विमान लेते क्षेत्रमा पुगेर सम्पर्कविहीन भएको छ । १९ यात्रु सहित ३ जना चालक दलका सदस्य बोकेको जहाजमा ६ जना विदेशीसमेत रहेका थिए ।

विमान लेते क्षेत्रमा पुगेर सम्पर्कविहीन भएको बताइएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ मा पर्छ लेते ।

३ नम्बर वडा लेतेका वडा अध्यक्ष हरिप्रसाद गौचनले त्यहाँको मौसम अहिले बदली रहेको बताएका छन् । 'पूरै बादलले लागेको छ यता उता देख्न सकिने स्थिती छैन्,' हाम्राकुरासँग बोल्दै वडाअध्यक्ष गौचनले भने ।

उनले प्रहरीले फोन सम्पर्क एवं अन्य माध्यमबाट खोजी अनुसन्धान थालेको बताएका छन् । उनको भनाइ अनुसार लेते क्षेत्र बादलले धुम्म भएका कारण त्यहाँको आकाशमा या अन्त कतै जहाज देख्न सकिने स्थिती नबनेको देखिन्छ ।

९ बजेर ५५ मिनेटमा उडेको जहाज बिहान साढे १० बजेबाट सम्पर्कविहीन भएको बताइएको छ । 

 



नयाँ