- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अन्य अदालत भन्दा सर्वोच्च अदालतप्रति धेरैको गुनासो रहेको बताएका छन् । आइतबार राजधानीको एक कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले भने,' उच्च अदालत र जिल्ला अदालतभन्दा पनि सर्वोच्च अदालतप्रति धेरै गुनासो रहेका छन् । सर्वोच्चमा पुराना मुद्दा धेरै छन् ।'
उनले आफूले नेतृत्व लिँदा मुद्दाको फर्छ्योट आठ प्रतिशत रहेकामा अहिले प्रत्येक महिना फर्छ्योट दर बढाएर १५ प्रतिशत पुर्याएको बताए । 'पुराना मुद्दाको फैसलाको फर्छ्योट दर हामीले बढाएका छौँ', उनले भने ।
गोला प्रथाले समस्या आएको भन्ने गुनासो आफूले सुनेको भन्दै गोलाको विकल्पमा तत्कालमा जान नसकिने उनको भनाइ छ । उनले न्यायपालिकालाई पहिलेको स्थितिभन्दा फरक ढङ्गबाट समृद्ध रूपमा अगाडि बढाउनुपर्ने बताए ।