arrow

वर, पिपल वनस्पतिको वृक्षारोपणले ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : साप्ताहिक राशिफल २०७९ जेठ १६ सोमबार - २०७९ जेठ २२ आइतबार

साप्ताहिक राशिफल :

मेष : तपाईंलाई यो हप्ता आफन्त व्यक्तिसँग विवाद तथा झगडाको सम्भावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्नबाधा देखापर्नेछन् । कम्मर दुख्ने, खानामा गडबढी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्ने, कुनै चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । समय खराब रहेकाले काममा सतर्क हुनुहोला । नयाँ लगानी, जागिर वा रोजगारले खासै राम्रो फल नमिल्ला । वैदेशिक रोजगारमा रहेकाहरूलाई भने सफलता मिल्नेछ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ, शनि राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ । यस्तै, चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ । मानसिक, टाउको तथा ग्यास्टिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ । रातो, गुलाबी, पहेँलो, पर्पल र हरियो शुभ रङ्ग हो । १, ३, ५, ७ र ९ शुभ अङ्क हो । प्रत्येक बिहीबार या एकादशीको दिन विष्णु भगवानको, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

वृष : तपाईंको यो हप्ता अनावश्यक चिन्ताले सताउनेछन् । आपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । यो हप्ता कुनै मुद्दा मामिलामा लाग्नु ठीक छैन, लागियो भने धन र समयको वर्वादीमात्र हुनेछ । समय अत्यन्त खराब रहेकाले सतर्क हुनु अति आवश्यक छ । टाढाको यात्रा पनि भरपर्दो नरहने देखिएको छ, सतर्क हुनुहोला । ग्रहगोचरको प्रतिकूलतालाई मनन् गरी सकारात्मक सोंचका साथमा निस्कामकर्म गर्ने, ध्यानधारणा तथा इष्टदेवको साधना बढाउने, महादशामा चलेका दशा अन्तर्दशाको शान्ति गर्ने र साथमा महावीर पवनपुत्र हनुमान र भैरवदेवको उपाशना गर्ने गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले शनि एवं राहुको वर्ष भरी नै र वर्षको मध्यसम्म गुरु बृहस्पतिको उपयुक्त उपाय अवलम्बन गर्नु फापकर हुनेछ । यसैगरी १, २ र ६ नं.को प्रयोग विशेष फापकर हुने छ भने ३ र ८ नं. मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र नं.को प्रयोग गर्दा जन्म कुण्डलीको लग्नानुसार कारकतत्व पनि विचार पुर्याउन भने जरुरी हुनेछ ।

मिथुन : यो हप्ता तपाईंका लागि सोमबार पानीमा डुब्ने डर रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आइतबारदेखि समय सुध्रिएर आउने देखिएको छ । मिथुन राशिका व्यक्तिहरूले महाकाल शनिमृत्युञ्जयको पाठको साथमा पवनपुत्र हनुमान र भैरवदेवको साथै वर्षको मध्यबाट माँ बगलामुखी एवं विद्यार्थीले माँ सरस्वतीको श्रद्धाभक्ति, जपपाठ, स्तुति गर्नु वा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले शनि र केतुको साथै वर्षको मध्यउपरान्त गुरु बृहस्पतिको शान्ति उपाय अवलम्बन गर्नु शुभकर हुनेछ । यसैगरी महादशा, अन्तर्दशा एवं योगिनीदशामा प्रतिकूल दशा चल्नेहरूले सम्बन्धित दशाको विशेष शान्तिका उपाय गर्नु बुद्धिमानी हुनेछ । राशिको आधारमा आफूलाई फाप्ने रङ्ग र नं जान्न चाहनुहुन्छ भने सामान्यतया मिथुन राशि हुने व्यक्तिहरूले हरियो, निलो, सेतो र कालो रङ्गको प्रयोग अथवा वस्तुबाट फाइदा गर्न सक्नु हुने छ । यसवर्ष २, ३ र ७ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने ९ अङ्कको प्रयोग मध्यम रहनेछ ।

कर्कट : तपाईंको यो हप्ता एक्कासी आमदानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । जलखेती किन्न मन भए सोमबार पारेर किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसंगको भेट उपलब्धिमूलक नै रहनेछ । यो हप्ता जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ । तर मंगलबार र बुधबारको समय खराब भएकाले टाढाको यात्रा नगर्नुहोला । अनिष्ट ग्रहफललाई हटाउन तथा शुभफललाई बढाउन कर्कट राशिले इष्टदेवको साथमा महावीर हनुमान एवं भैरवदेवको साथै वर्षको मध्यसम्म माँ बगलामुखी एवं विद्यार्थीले माँ सरस्वतीको स्तुति आराधना उपाशना अवलम्बन गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले शनि र राहु एवं केतु, गुरु बृहस्पतिको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु हितकर हुनेछ । साथै सफलताको लागि जन्मकुण्डलीमा गुरु बृहस्पति कारक रहेको हकमा राम्रो खालको पुष्पराजको धारण गरी अघि बढ्नु बुद्धिमानी हुनेछ ।

सिंह : तपाईंलाई यो हप्ता व्यर्थ मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा यो हप्ता कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ । संह राशि हुने व्यक्तिहरूले रातो, सेतो र पहेंलो रङ्गको प्रयोग अथवा वस्तुबाट फाइदा गर्न सक्नु हुने छ भने हरियो रङ्गको प्रयोग मध्यम रहने छ । यसैगरी १, ५ र ९ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने २ र ६ अङ्कको प्रयोग मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीको लग्नानुसार कारक तत्वको पनि विचार पुर्याउन जरुरी भने हुनेछ । सिंह राशिका व्यक्तिहरूले भैरवदेवको र माँ बगलामुखीको साथमा पितृ एवं कुलदेवताको र पवनपुत्र हनुमानजीको, विद्यार्थीहरूले माँ सरस्वतीको सेवा आराधना उपाशना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले राहु, केतु र गुरु बृहस्पतिका शनि ग्रहको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।

कन्या : यो हप्ता तपाईंको मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । शुक्रबार र आगामी बुधबारको समय शुभ रहनेछ । कन्या राशिका व्यक्तिहरूले इष्टदेवताको साथमा महावीर हनुमान एवं भैरवदेवको साथमा माँ बगलामुखी तथा विद्यार्थीले माँ सरस्वतीको श्रद्धाभक्ति उपाशना आराधना गर्नु राम्रो हुनेछ । आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले राहु एवं केतु गुरु बृहस्पतिको र शनि ग्रहको शान्तिका उपायहरू अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । साथै कन्या राशि हुने व्यक्तिहरूले हरियो, मध्यम रातो र निलो तथा कालो रङ्गको वस्तुबाट फाइदा लिन सकिने छ । यसैगरी १, २, ३ र ६ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने ७ अङ्कको प्रयोग मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु उचित हुने कुरालाई मनन् गर्न जरुरी भने हुनेछ ।

तुला : तपाईंका लागि यो हप्ता धन लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । आफन्तको आगमनले घरमा खुशीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ । आफन्तसंग भेटघाटको पनि अवसर मिल्नेछ । गरेको कार्यले सही बाटो लिनाले आर्थिक वृद्धि हुनेछ । समय शुभ रहेकोले सही उपयोग गर्नुहोला । शारीरिक स्वास्थ्यको साथसाथै मानसिक बलमा पनि मन्दि आउनसक्ने छ । खाईपाई आएको सेवा सुविधाबाट च्यूत गराउन ग्रहगोचरले बल गरी रहेको हुनाले संबन्धित व्यवहार गर्दा निकै सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । तुला राशि हुने व्यक्तिहरूले सेतो, निलो, हरियो र मध्यम रातो एव कालो रङ्गको प्रयोग अथवा वस्तुबाट फाइदा लिन सकिने छ । बहुरङ्गी मिश्रणको चमकदार वस्तु पनि फापकर हुनेछ । यसैगरी ३, ४ र ७ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने १ र ८ अङ्कको प्रयोग मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु उचित हुने कुरालाई मनन् गर्न भने जरुरी हुनेछ । तुला राशिका व्यक्तिहरूले इष्टदेवताको साथमा महावीर हनुमान एवं भैरवदेव र छिन्नमस्तादेवीको, माँ बगलामुखी, विद्यार्थीहरूले माँ सरस्वतीको उपाशना आराधना र ब्रह्मज्ञानी गुरुको आशीर्वाद लिनु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले शनि, राहु, केतु र गुरु बृहस्पति ग्रहको उपयुक्त शान्तिका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

वृश्चिक : तपाईंका लागि यो हप्ता लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । बिरामी हुनुहुन्छ भने यो हप्ताबाट स्वास्थ्यमा सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ । घर परिवारमा विशेष परिवर्तन आउनेछ । विवादित मुद्दा भए आप्mनो जीत हुनेछ । सोमबार विशेष सतर्क हुनुहोला । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । र पनि वृश्चिक राशि हुने व्यक्तिहरूले रातो, सेतो, पहेंलो रङ्गको प्रयोग अथवा यी रङ्गका वस्तुको प्रयोगबाट फाइदा लिन सकिने छ । यसैगरी अङ्कमा २, ४ र ५ अङ्कको प्रयोग विशेष फापकर हुनेछ भने १ र ३ अङ्कको प्रयोग मध्यम रहनेछ । यो साता वृश्चिक राशिका व्यक्तिले भैरवदेव एवं छिन्नमस्ता देवी, माँ बगलामुखी एवं विद्यार्थीले माँ सरस्वतीको साथै पवनपुत्र महावीर हुनमान र माँ भगवतीको उपाशना तथा दर्शनभक्ति गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्तिवक तरिकाले वर्ष भरी केतु र वर्षको मध्यसम्म गुरु बृहस्पतिको साथै शनि ग्रहको उपयुक्त शान्तिका उपाय अवलम्बन गर्नु शुभकर हुनेछ ।

धनु : तपाईंको यो हप्ता आश्रित कर्मचारी, छोरा–छोरीसँग विवाद गर्नु हितमा छैन । व्यवसाय, व्यापारमा हानी, नोक्सानी बेहोर्नु पर्नेछ । कुनै न कुनै प्रकारको रोगले दुःख दिने संभावना पनि त्यत्तिकै छ । खानपिनमा सतर्क आवश्यक, आइतबारदेखि कसैसँग पैसा फिर्ता लिनुछ, भने माग्न गएमा पाइने छ । सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति मिल्नेछ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नु तपाईको लागि बुद्धिमानी हुनेछ । यो सातामा गौशालाहरूलाई सहयोग गर्नाले, दीनदुःखी असहाय, रोगी, अशक्त, बालबृद्धहरूलाई सेवाको लागि सञ्चालन भएका निकायहरूलाई सहयोग गर्नाले साथै अहिंसा आदि सत्याचरणमा रहेर परोपकार एवं लोकहितको कर्म गर्नाले पनि ग्रहजनित दुस्प्रभावलाई कम गर्न सकिन्छ । कतिपय व्यक्तिललाई फाप्ने कलर एवं नं.को बारेमा जान्ने ईच्छा हुन सक्छ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकत्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । तथापि राशिको आधारमा कलर र नं. जान्न चाहनुहुने धनु राशि हुने व्यक्तिहरूले पहेंलो, रातो र सेतो रङ्गको प्रयोग अथवा यी रङ्गका वस्तुको प्रयोग गर्नसक्नु हुनेछ । यसै गरी अङ्कमा १, ५ र ९ अङ्कको प्रयोग गर्न सक्नु हुनेछ ।

मकर : तपाईंका लागि यो हप्ता आम्दानी भन्दा खर्चमा वृद्धि हुनेछ । आफन्तबाट विरोध हुनेछ। मानसिक चिन्ता बढ्नेछ । यात्रामा पनि बाधा हुनेछ । धार्मिक क्षेत्रमा विरोध आउनेछ । मन तनावपूर्ण रहने हुनाले सतर्क हुनुहोला । धनमाल चोरी वा हराउन सक्नेछ । आइतबारदेखि गरेको कामबाट अपजस आइलाग्नेछ । समग्रमा समय खराब रहेकोले सचेत भई कार्य गर्नुहोला । ग्रहको दुष्प्रभावलाई कम गर्न तपाईले महाकाल शनि मृत्युञ्जयको पाठको साथमा महावीर हनुमान, भैरवदेव एवं छिन्नमस्तादेवी र उत्तरार्धमा माँ बगलामुखी एवं विद्यार्थीहरूले माँ सरस्वतीको दर्शन भक्ति एवं उपाशना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले शनि, राहु, केतु र गुरु बृहस्पतिको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु शुभकर हुनेछ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकत्त्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । तथापि राशिको आधारमा कलर र नं. जान्न चाहनुहुने मकर राशि हुने व्यक्तिहरूले निलो, पानी रङ्ग अथवा आंशिक सेतो र हरियो रङ्गको प्रयोग अथवा यी रङ्गका वस्तुको प्रयोग गर्न सक्नु हुनेछ । यसै गरी अङ्कमा १, २ र ६ अङ्कको प्रयोग गर्नसक्नु हुनेछ ।

कुम्भ : तपाईंका यो हप्ता आफन्तसंग मनमुटाव बढ्नेछ । गरेको कार्य असफल हुनेछ । पेट रोगले सताउनेछ, खानपिनमा ध्यान दिनु जरुरी छ । मन चञ्चल रहने हुनाले जुनसुकै काममा पनि सतर्क हुनुहोला । चिन्तापर्ने समाचार पनि सुन्नुपर्ने हुनसक्छ । वायु रोगको सिकार हुनसक्ने, मन परेको खानामा पनि गडबढी हुन सक्नेछ । टाढाको यात्रा समेत सुरक्षित नहुने देखिएको छ । कुम्भ राशिका व्यक्तिहरूले महाकाल शनिमृत्युञ्जयको पाठ, महावीर हनुमान र माँ बगलामुखी, माँ सरस्वतीको स्तुति आराधना उपाशना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले शनि, गुरु बृहस्पतिको शान्तिका उपयुक्त उपायहरू अवलम्बन गर्नु शुभकर हुनेछ । कतिपय व्यक्तिललाई आफूलाई फाप्ने कलर एवं नं.को बारेमा जान्ने जिज्ञाशा राख्ने गर्नुहुन्छ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । तथापि राशिको आधारमा कलर र नं. जान्न चाहनुहुने कुम्भ राशि हुने व्यक्तिहरूले निलो, कालो, हरियो र पानी रङ्ग अथवा आंशिक सेतो रङ्गको प्रयोग अथवा यी रङ्गका वस्तुको प्रयोग गर्न सक्नु हुनेछ । यसै गरी अङ्कमा २, ३ र ७ अङ्कको प्रयोग फापकर हुन सक्ने छ ।

मीन : तपाईंका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ । यो साता मीन राशिका व्यक्तिहरूले आफ्नो कुल धर्म संस्कृति अनुसार सात्विक तरिकाले गुरु बृहस्पति, राहु र केतुको साथै शनि ग्रहको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु शुभकर हुनेछ । यसै गरी ब्रह्मज्ञानी गुरुजनको आशीर्वाद लिने, दीनदुःखी, वृद्धवृद्धा एवं गाईको सेवामा सहयोग गर्ने, विद्यार्थीलाई पाठ्य सामाग्री उपहार दिने गर्नाले शुभफललाई बढाउन मद्दत मिल्ने छ । कतिपय व्यक्तिललाई फाप्ने कलर एवं नं.को बारेमा जान्ने ईच्छा हुन सक्छ । यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा राशिको आधारमा मात्र नभएर जन्म कुण्डलीका केन्द्र त्रिकोण अनुसार कारकतत्व विचार पुर्याउनु पर्ने कुरामा ध्यान दिन जरुरी हुनेछ । तथापि राशिको आधारमा कलर र नं. जान्न चाहनुहुने मीन राशि हुने व्यक्तिहरूले पहेंलो, रातो र सेतो रङ्गको प्रयोग गर्नु वा यी रङ्गका वस्तुको प्रयोग गर्नु र यसै गरी अङ्कमा ३, ४ र ८ अङ्कको प्रयोग फापकर हुन सक्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ