arrow

विमानको खोजीमा खटिए सेना-प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
nepal-army-resque-tara-air.jpg

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोजी भइरहेको छ । सोमवार बिहानैदेखि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलि विमानको खोजीमा लागेको छ । आइतबार मौसम प्रतिकूलता र रात परेपछि खोजी कार्य रोकिएको थियो । 

जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्दै छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा टोली निलगिरी हिमालतर्फ खोज्दैछ ।

स्थानीयले विमान मानापाथी हिमालको फेदको गहिरो खोचमा रहेको बताएपछि तारा एयरको जहाज खोज्ने कार्यलाई मानापाथी हिमालको फेदीतर्फ केन्द्रित गरिएको छ । तर सो स्थानमा बाक्लो हुस्सु लागेका कारण ठाउँको यकिन गर्न सकिएको छैन । 

भेडीगोठवाला स्थानीयद्वारा मानपाथी हिमालको फेदीतर्फ जहाज दुर्घटना भएको हुनसक्ने जानकारीका आधारमा खोजी टोली त्यसतर्फ लागेको हो । 

उक्त क्षेत्रमा जहाजको खोजीका लागि स्थल मार्ग हुँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन भएको छ । घटनास्थल मानापाथी हिमाल मुस्ताङको थासाङ गाउँपालिकामा पर्छ।

पोखराबाट स्थानीय समयअनुसार बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन थियो ।

नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घका जवानहरू अहिले सम्भावित स्थानहरूमा स्थल मार्गमार्फत खोज तथा उद्धारमा खटिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ