arrow

बजेटमा गोरखा नसुनिएको भन्दै बाबुराम चिन्तित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
Baburam-bhattrai-stage.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई वर्तमान गठबन्धन सरकारले पनि गोरखा जिल्लालाई बेवास्ता गरेको आरोप लगाएका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा गोरखा जिल्लामा ठूलो बजेट नपरेपछि उनले त्यस्तो आरोप लगाएका हुन् । 

‘नेकपा सरकारले ४ वर्षसम्म गोरखामा कुनै नयाँ योजना वा ठूलो बजेट राखेन । ऐलेको गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन !,’ डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

आफूले गोरखाको विकासको लागि जति कराए पनि सरकारले नसुनेको उनले बताएका छन् ।

‘वेनीघाट–आरूघाट–लार्के सडक, पालुंगटार एयरपोर्ट, ऐतिहासिक–धार्मिक पर्यटन सर्किट, औद्योगिक क्षेत्र, जडीबुटी केन्द्र, कृषि परियोजना, शैक्षिक केन्द्र आदिवारे कराइयो ! खै ?,’ उनले भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ