arrow

गगनकाे जनप्रतिनिधिलाई स्पष्ट सुझावः देखिने गरी काम नगरे दलको भविष्य सुखद छैन

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ जेठ १६ सोमबार
htd-gagan.jpg

हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले ५ वर्षसम्म नेकपा एमाले नेतृत्वको सरकारले निरंकुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको आरोप लगाएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न नेपाली कांग्रेस हेटौंडा नगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरितका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रतिनै रुष्ट बनेको बताए ।

उनले अहिले नेपालका आम जनता ठुला दल र नेतादेखि रिसाएको बताए ।  तत्कालिन सरकार जनताप्रति जिम्मेवार नहुँदा जनताको आशा, निराशा र आक्रोशमा बदलिएकाले अबपनि जनताले महसुस गर्ने गरि काम नगरे राजनीतिक दलको भविष्य सुखद नरहेको बताए ।

उनले अहिले संघ, प्रदेश र स्थानीय सरकार चलाउने जिम्मा पाएको बेला कांग्रेस र गठबन्धनको सरकारले गरेको काम कर्तब्य र निर्णयले जनतामा बदलाब आउने गरि काम गर्नुपर्ने र त्यसो गरे कसैले परास्त गर्न नसक्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा मकवानपुर जिल्लाका १० स्थानीय तहाका १०२ वटै वडाका स गठबन्धन तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ