arrow

हेटौंडामा लागूऔषध नियन्त्रणमा लिन हवाई फायर

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ जेठ १८ बुधबार
goli-news.JPG

हेटौंडा । हेटौंडामा लागूऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

गए राती हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने सुचना पाएपछि पुगेको प्रहरीमाथि केही युवाले प्रहरीको पेस्तोल खोस्ने र प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि हवाई फायर गरि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रहरीले लागू औषधसहित  हेटौंडा–३ बस्ने ३४ वर्षीय रवि घलान र ३० वर्षीय विनोद बललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध वानरेक्स ३४ पिस बरामद गरि थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ