arrow

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ जेठ १८ बुधबार
accident-1.jpg

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार हेटौंडा उपमहानगरपालिका –९ कर्रा स्थित सडकमा हिँडिरहेका पैदल यात्रीलाई बसले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुष घाइते भएका थिए । 

उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसको नम्बर भने प्रहरीले खुलाएको छैन । मृत्यु हुनेको पहिचान पनि नखुलेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ