arrow

गांगुलीले बीसीसीआईबाट दिए राजीनामा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
saurav-ganguly-india.jpg

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले राजीनामा दिएका छन् । मिडिया रिपोर्टका अनुसार गांगुलीले नयाँ योजना बनाइसकेका छन् । 

सूत्रका अनुसार गांगुलीले भनेका छन् – ‘मैले नयाँ इनिङ्सको तयारी गरिरहेको छु ।’

गत वर्ष मेमा पश्चिम बंगालको विधानसभा चुनावअघि पनि यस्तै किसिमको खबर बाहिरिएको थियो । तब उनलाई त्यतिबेला मुटुको समस्या देखिएको थियो । उक्त समस्यासँगै उनको फड्कोमाथि पूर्णविराम लागेको थियो । 

बीसीसीआईका सचिव जय शाह गृहमन्त्री अमित शाहका छोरा हुन् । साथै जय गांगुलीका नजिकका मित्र पनि हुन् । 

इन्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा अमित शाह र गांगुली सँगसँगै थिए । मिडिया रिपोर्टसका अनुसार भारतीय जनता पार्टी भाजपाले गांगुलीलाई राज्यसभामा पठाउन सक्नेछ । 
 

अपडेटः

उनको राजीनामा अन्त्यमा हैन भन्ने पनि आएको छ । तर ३० मिनेट भने क्रिकेट जगत तात्यो । भारतीय समयअनुसार साँझ ५ः२० बजे सौरभको ट्वीटरबाट राजीनामाको खबर शुरु भएको थियो । 

५ः५८ बजे जय शाहले सौरभले राजीनामा नदिएको बताए । गांगुलीले लेखेका थिए ‘सन् २०२२ मेरो लागि  क्रिकेट यात्राको तीसौं वर्ष हो । अब म केही नयाँ गर्न चाहन्छु जसमा मानिसहरुको भलो होस् ।’

यो ट्वीटरपछि धेरैले सम्झिए कि गांगुलीले राजीनामा दिए । तर त्यसको ३० मिनेटपछि बीसीसीआईका सचिव शाहले समाचार एजेन्सी एएनआईलाई गांगुलीले राजीनामा नदिएको बताए । गांगुली सन् २०१९ देखि बीसीसीआईको अध्यक्ष छन् । 

यतिसम्म कि गांगुलीले आफ्नो यात्रामा साथ दिनेहरु सबैलाई धन्यवाद पनि दिए । उनको क्रिकेट यात्रा सन् १९९२ बाट शुरु भएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ