arrow

नेपाली मिडियामा चिनियाँ लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
279676106_1402271740213745_3982956611604382728_n (1).jpg

काठमाडौं । नेपाली मिडियामा चिनियाँ लगानी रहेको पाइएको छ । पछिल्लो समय नेपालको राजनीतिमा चासो र हस्तक्षेप बढाउँदै लगेको चीनले नेपाली मिडियासमेत कब्जा गर्ने नीति बनाएको हो । 

नेपालको कानूनले भने सञ्चार क्षेत्रमा विदेशी लगानी बन्देज गरेको छ।  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा १ मा विदेशी लगानीकर्ताले कुनै पनि उद्योगमा विदेशी लगानी गर्न र त्यस्तो लगानीबाट लाभ प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको छ।

तर सोही दफाको उपदफा २ मा उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूचीमा उल्लिखित उद्योगमा विदेशी लगानीबाट सञ्चालित उद्योगले आर्जित नाफा वा अन्य कुनै कुनै तरिकाबाट विदेशी लगानी गर्न सक्ने छैन। अनुसूचीको विदेशी लगानी खुला नगरिएका उद्योग वा ब्यवसाय महलको ७ नम्वर बुँदामा आमसञ्चारका माध्यमहरु पत्रपत्रिका, रेडियो, टेलिभिजन, र अनलाइन समाचारको व्यवसाय, राष्ट्र भाषाको चलचित्र ब्यवसायमा विदेशी लगानी खुला नगरिएको उल्लेख छ।

यो कानूनी प्रावधान विपरीत चीनको चाइना अडियो मिडिया ग्रुप सीएएमजी ले काठमाडौंस्थित मालिकार्जुन एफएममा तीन करोड १० लाख बढी रुपैयाँ लगानी गरेको पाइएको हो । मालिकार्जुन एफएम र क्यापिटल एफएम एक आपसमा जोडिएका कम्पनी हुन् । 

यी दुवै कम्पनीका मालिक प्रकाशबाबु पौडेल हुन् । उनी चाईना स्टडी सेन्टर सीएससीका महासचिव हुन् । सीएससी चीन केन्द्रित संस्था हो। यसले विशेष गरी चीन र नेपालबीचको अध्ययन गतिविधिका क्षेत्रमा काम गर्ने गरेको छ।

सीएएमजीबाट प्राप्त उक्त रकम राज मिडिया ग्रुप प्रालि राज टीभी स्थापनामा खर्च गरिएको मालिकार्जुन एफएमको अडिट रिपोर्टमा पनि उल्लेख गरिएको छ। 

यसरी नेपाली मिडियामा चिनियाँ लगानी रहेको भए पनि सरकार मौन रहेको पाइएको हो ।
 



नयाँ