arrow

हेटौंडामा शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप शुरु, सिमरा विजयी

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ जेठ १९ बिहिबार
goldcup-hetauda.jpg

स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथौं संस्करण - २०७९ आजबाट हेटौंडामा सुरु भएको छ ।

आज दिउँसो हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । आजको उद्घाटन खेल सर्लाहीको बागमती युवा क्लब र सिमराको नव जनजागृति क्लब बीच भएको छ । उद्घाटन खेलमा नव जनजागृति क्लबले बागमती युवा क्लब सर्लाहीलाई २-० गोल अन्तरले पराजित गरेको छ। खेल सुरु भएको ८ मिनेटमा नव जनजागृतिका बिबेक चौधरीले पहलो गोल गरेका थिए । खेलको ८० औं मिनेटमा पुनः नव जनजागृतिकै कृपा कान्त चौधरीले अर्को गोल गरे।

आजको खेलको म्यान अफ द म्याच नव जनजागृति सिमराका बिबेक चौधरी घोषित भए ।

प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, नव जनजागृति क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन-११, चर्च ब्वाइज क्लब र अन्तर्राष्ट्रिय क्लब क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक जिल्लाका १० स्थानीय तह र जिल्ला समन्वय समिति रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ