arrow

लाेकसेवा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ जेठ १९ बिहिबार
285863058_3197464110541413_4793113791740338100_n.jpg

हेटौंडा । हेटौंडाको परीक्षा केन्द्रबाट लोक सेवा आयोगको परीक्षा दिइरहेका दुई जना नक्कली परिक्षार्थीलाई  प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा वडा नम्बर १ मा रहेको स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा जिल्ला महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभयकुमार यादवको ठाउँमा कास्की पोखरा महानगरपालिका वडा नं २ बस्ने बर्ष ४२ को दिपेन्द्रप्रसाद बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । परीक्षाको केन्द्राध्यक्षले प्रहरीलाई नक्कली परिक्षार्थी भएको जानकारी गराएका थिए ।

प्रहरीले बास्ताकोटीको साथबाट अन्ठाउन्न हजार पाँच सय रुपैया, जिल्ला महोत्तरी बस्ने अभय कुमार यादवको नाउँको नागरीकता, जिल्ला महोत्तरी बस्ने सुजित कुमार साहको नाउँको नागरीकता, जिल्ला धनुसा बस्ने हिरा कुमारीको नाउँको नागरीकता, जिल्ला धनुषा बस्ने विनोद कुमार महतोको नाउँको नागरीकता र उनको सवारी चालक अनुमती पत्र फेला परेको छ ।

उक्त सामानहरु बरामद गरी  यसबारे थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ । त्यस्तै बिहीबार हेटौंडा- ११ स्थितमा यातायात ब्यवस्था कार्यालय हेटौडाले लिईरहेको मोटरसाईकलको सवारी चालक अनुमती पत्रको परिक्षामा जिल्ला मकवानपुर बकैया गा.पा. वडा नं. ७ बस्ने टुक नाथ गौतमको ठाउँमा नक्कली परिक्षार्थी  सोही ठाउँ बस्ने निजकै छोरा वर्ष २० को सन्तोष गौतमले परिक्षा दिएको अवस्थामा यातायात कार्यालयले प्रहरीलाई खबर गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले सन्तोष गौतमलाई नियन्त्रणमा लिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ