- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पेट्रोलियम ऐन बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संसद चलिरहेका बेला अहिले पेट्रोलियम ऐन ल्याउन आग्रह गरेका हुन् ।
पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार, प्रदूषण, भन्सार, सडक मर्मतजस्ता कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्ने भन्दै उनले पेट्रोलियम पदार्थको भण्डारणको क्षमता पनि बढाउनुपर्ने बताए ।
साथै इन्धनको कच्चा पदार्थ ल्याएर रिफाइन गर्न सकिन्छ कि भन्ने विषयमा पनि अध्ययन गर्नुपर्ने भन्दै उनले आजबाटै देशलाई पेट्रोलियम पदार्थमुक्त बनाउने गरी काम थाल्नुपर्ने बताए ।