arrow

महंगीको महामारी

'महंगी गम्भीर रोग, तर त्यसको समाधान पेट्रोल-डिजेलबाट हुँदैन'

सरकारले पेट्रोलियम पदार्थबाट मात्रै राजस्व उठाउने निर्णय गम्भीर रोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
minendra-rijal.PNG

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले महँगी नियन्त्रण पेट्रोलियम पदार्थबाट मात्र नहुने बताएका छन् । शुक्रवार सार्वजनिक महत्त्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै रिजालले यस्तो बताएका हुन् ।

डा. रिजालले भने,' अहिलेको महँगी गम्भीर रोग हो । तर त्यसको समाधान चाहिँ पेट्रोल डिजेलबाट हुँदैन । सरकारले पनि पेट्रोलियम पदार्थबाट मात्रै राजस्व उठाउने भन्ने जुन निर्णय लिएको छ त्यो पनि गम्भीर रोग हो ।' 

सार्वजनिक महत्त्वको प्रस्ताव र महँगी एकै नभएको डा. रिजाल बताए । उनले भने, महँगीबाट राहत प्राप्त गर्नुपर्छ । यो सरकारको जिम्मा हो । यसैले हामीले सरकार बनाउने हो । तर सार्वजनिक महत्त्वको प्रस्ताव र महँगीमा टाढाको नाता मात्रै छ । यसकारण हामीले शुल्क उठाउने गरेका छौ यसको अर्को कथा छ। डिजेल पेट्रोलको मूल्य घटाएर बाकी सबे महँगीको समस्या समाधान हुन्छ भन्ने भए सजिलो थियो सरकारले हटाइदिए हुन्थ्यो । ५६ अरब बढी तेलबाट आउँछ त्यो फ्यूल लेबी हटाए हुन्थ्यो तर त्यो समस्याको समाधान होइन ।'

उनले पेट्रोलमा लेवी राख्ने सुरु भएको बताउँदै सबै परियोजना लेविबाटै सम्पन्न गर्न नहुने बताए । उनले भने.' सुरुमा यो पेट्रोलियम पदार्थमा लेवी बनाउन म काम नै गर्थिए । नेपालको सडक, पुल बनाउने क्रममा नेपालमा १ रुपैयाँ डिजेलमा र ३ रुपैयाँ पेट्रोलमा राष्ट्रिय राजमार्गको मर्मत सम्भार गरौँ भनेर त्याबाट सुरु भएको हरेक चिजमा पुगेको छ । बुढिगण्डकीलाई पैसा चाहियो त्यहीबाट, सरकारलाई अरुहरू पैसा चाहियो त्यहीबाट, जे चाहियो त्यही लागाउने । अघिल्लो पटक २-३ वर्ष अगाडि त्यस बेलाका अर्थमन्त्रीलाई मैले यसरी यो ठाउँबाट पैसा उठाऊ जाति हुन्न भनेर भनेको थिए ।'

उनले भारत र नेपाली बजारमा पेट्रोलको मूल्य समान नहुँदा समस्या भएको सुनाए । उनले भने,' तर समस्या के हो भने पूर्वाधारको कर उठाउने भन्दा तेल भारत र नेपालमा मूल्यमा धेरै फरक भयो । हामीकहाँ सस्तो भए उता तिर जान्छ । भारतमा सस्तो भए यता आउने गर्दछ । त्यो बोडरको क्रस पोइन्टको समस्या हो ।' 

सरकारले जनतालाई सिधै राहत दिन सक्ने भन्दै रिजालले भने,' तेलको कुरालाई एकातिर राख्नुपर्छ । हामीले सङ्घीय सरकार लिएर आयौ जनतालाई राहत दिने कुरामा स्थानीय सरकार छ सिधै पुर्‍याउन सकिन्छ जनताकामा । हरेक वडाबाट हरेक परिवारलाई दिन सकिन्छ ।'तेलको पैसा अन्तर्राष्ट्रिय बजारसँग मिलाएर राख्नुपर्ने हुन्छ बाँकी सरकाले सिधै जनतालाई पैसा पठाउन सक्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ