arrow

रुसबाट युरोपले ग्याँस खरिद गरे जस्तै भारतले तेल आयात गर्नु ठूलो भूल होइन : एस जयशंकर

logo
एएनआई,
प्रकाशित २०७९ जेठ २० शुक्रबार
jaishankar-globsec-2022-india.jpg

ब्राटिस्लाभा, स्लोभाकिया। युरोपको राजनैतिक आँखाबाट हेर्दा रुसबाट कच्चा तेल आयात गर्नु हुँदैन भन्नु स्वाभाविक भए पनि भारतका लागि यो सम्भव नभएको बताएको छ। ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै विदेश मन्त्री एस जयशंकरले भने, “हामी मानिसहरूलाई रुसी तेल किन्न पठाउँदैनौँ, उनीहरूलाई बजारबाट उत्कृष्ट तेल खोजी गर्दा रुसी उत्पादनले पनि स्थान पाउने गरेको हो।”

जयशंकरले रुसबाट युरोपले निरन्तर ग्याँस खरिद गरेको भन्दै भारतले तेल आयात गर्नु कुनै ठूलो भूल नभएको बताए।

उनले एक प्रश्नको जवाफमा भने, “रुसी ग्यास खरिद गर्नु भनेको युद्धलाई आर्थिक सहयोग गर्नु होइन, किनकि यो भारतबाट आउने भारतीय पैसा र फन्ड मात्र होइन। युरोप आउने ग्यास पनि रोकिएको त छैन नि।”

भारतीय विदेशमन्त्रीले भने, “कच्ची तेलको आयात बढ्नुमा विश्व बजारमा देखिएको तेल अभाव र यसको प्रभाव भएको उनको भनाइ रहेको छ।

जयशंकरले भने, “तेल बजारमा तेलको अत्यधिक अभाव छ र तेलमा सबैको पहुँच कठिन छ, भारतजस्तो देशले अरूबाट तेल लिएर नियमित बाहेकका अरू कुनै मुलुकलाई तेल बेचेमा प्रश्न सान्दर्भिक ठहरिने छ तर यसो गरिएको छैन।”

युरोपको समस्या विश्वको समस्या हो तर विश्वका समस्या युरोपको समस्या होइनन् भन्ने मानसिकताबाट युरोप पछि हट्नुपर्नेमा उनले जोड दिए।

मन्त्रीले गहुँ निर्यातमा कटौती गर्न हालै गरिएको कदमको बचाऊ र औचित्य पुष्टि गर्दै भारतीय गहुँ भण्डारण गरिएको र यो अनुमानित व्यापारका लागि प्रयोग गरिएको उनले बताए।

“धेरैजसो हाम्रा छिमेकी बङ्गलादेश, श्रीलङ्काजस्ता कम आय भएका देशहरू र खाडी मुलुक जस्ता परम्परागत क्रेताहरू हुन्। उनीहरूले हामीबाट नियमित रूपमा किनमेल गर्छन्। यमन र सुडानले हामीबाट किन्छ। हामीले देखेको कुरा के भने कम आय भएका क्रेताहरूलाई अभावमा पारिएको छ। भारतले वास्तवमा गहुँ किनबेचको लागि भण्डारण गरिरहेका हो। हाम्रो सद्भावका आधारमा उनीहरूले समस्या महसुस गर्ने छैनन्।

गहुँ निर्यात रोक्नुको कारण घरेलु मूल्य नियन्त्रणका लागि पनि हो। हामी अनावश्यक व्यक्ति वा फर्मलाई भारतीय बजारमा खुला पहुँच दिने छैनौँ। हामी अझै पनि यो गर्न खुला छौँ जहाँ हामीले आपूर्ति गरेको गहुँ चाहने योग्य देश देख्छौँ, हामीले २३ देशहरूमा गहुँ निर्यात गरेका छौँ। यस वर्ष निर्यातको दर, गत वर्षको जस्तै अवधिसम्म हेर्नुहोस्। सन्तुलित नै रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ