arrow

मनग्य धन तथा धातु संग्रह गर्न सकिने कन्याको योग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ जेठ २२ गते आइतबार, इस्वीसंवत जुन ५ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार जेष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज जेष्ठशुक्लपक्षको षष्ठी तिथि रहनेछ । आज नक्षत्रमा अश्लेषा, विष्कुम्भादि योगमा व्याघात, करणमा कौलव र आनन्दादि योगमा वज्र रहनेछ । सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३४ घटि २४ पला अर्थात १३ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५५ बजे हुनेछ । आज वातावरण दिवस ।

आजको राशिफल :

मेष : आज समय खराब रहनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाढिनेछन् । पति-पत्नी बीच मनमुटाव बढ्नेछ । मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ, कामगर्दा सावधानी अपनाउनु होला । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने विद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ ।

वृष : आज समय अत्यन्तै शुभ छ । शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्य पैसा कमाउन सकिनेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोगमार्फत आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्काबीच नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । समय शुभ रहेकाले भरपुर उपयोग गर्नुहोला ।

मिथुन : आज समय राम्रो छैन । अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । वैदेशिक क्षेत्रसंग सम्बन्धित व्यावसाय पनि तनाव बढ्नेछ । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखि टाढिन सक्छन् ।

कर्कट : आज समय महत्वपूर्ण छ । लाभका अवसर प्राप्त हुनेछन् उपयोग गर्नुहोला । आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइएला । माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । हाइड्रो, पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतीमा मन प्रशन्न हुनेछ । विद्यामा तपाइँले गरेको मेहनेत खेर जाने छैन ।

सिंह : आज समय ज्यादा खराब छ । माया प्रेम तथा पति पत्नीबीच मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको महसूस हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढी नै संघर्ष गर्नुपर्नेछ । दिदीबहीनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ । सबै काम सतर्क भएर गर्नुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

कन्या : आज समय शुभ छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्य धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिंड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै विलासी जीवन व्यतित गर्न सकिनेछ ।

तुला : आज समय मध्यम खालको छ । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । खुट्टा तान्नेहरु सक्रिय रहनेछन्, काम गर्दा ध्यान दिनुहोला । व्यावसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोढिंदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना छ । धर्म कर्ममा मन जाने तथा धार्मिक काममा समय खर्च गर्दा राम्रो हुनेछ ।

वृश्चिक : आज समय भरपर्दो छैन । सानातिना घरेलु समस्याले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्वपूर्ण उपलब्धी गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ । आज पश्चिम दिशाको यात्रा पनि आज नगर्नुहोला ।

धनु : आज समय राम्रै रहने छैन । पेट सम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दी आउनेछ । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा नचाहँदा नचाहँदै एक अर्काबीच छुट्टिनु पर्दा मनमा खल्लोपन महसूस हुनेछ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

कुम्भ : आज दिन तथा समय राम्रा छन् । ईमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पतिको प्रयोग मार्फत मनग्य आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पुरा हुनाले मन प्रफुल्लित हुनेछ ।

मीन : आज पनि समय खराब नै रहने छन् । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाइँको निर्णय तपाई आफैलाई आत्मघाती हुन सक्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिंदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

साइत :
बिहान ०५ः१० बजेदेखि ०६ः५२ बजेसम्म उद्धेग बेला,

बिहान ०६ः५२ बजेदेखि ०८ः३५ बजेसम्म चर बेला,

बिहान ०८ः३५ बजेदेखि १०ः१८ बजेसम्म लाभ बेला,

बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला,

बिहान १२ः०० बजेदेखि १ः४३ बजेसम्म काल बेला,

दिनमा १ः४३ बजेदेखि ३ः२६ बजेसम्म शुभ बेला,

दिनमा ३ः२६ बजेदेखि ५ः०९ बजेसम्म रोग बेला,

५ः०९ बजेदेखि ६ः५१ बजेसम्म उद्धेग बेला,

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।


राहुकाल समय :
दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ