कन्टेनर डिपोमा विष्फोटपछि आगलागी, २२ को मृत्यु, चार सय ५० बढी घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
592
Shares
काठमाडौं । दक्षिणपूर्वी बंगलादेशमा एक निजी कन्टेनर डिपोमा विष्डफोट हुँदा भीषण आगलागी भएको छ । जसका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा परी ४५० बढी घाइते भएका छन् ।
ढाका ट्रिब्यूनका अनुसार चटगाउँको सीताकुन्ड उपजिल्लामा कदमरासुल क्षेत्रस्थित बीएम कन्टेनर डिपोमा शनिबार राति आगलागी भएको हो ।