arrow

यौन हिंसाबारेको विधेयक निर्णयार्थ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा विद्येयक पेस हुने सम्भावना रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना छ । 

यौन हिंसाबारे संसदमा यसपालि निकै बहस भएको छ । बलात्कारपछि एक वर्षभित्रै उजुरी दिनुपर्ने भन्ने हदम्याद राखिएपछि यसबारे ब्यापक बहस भएको हो । पीडितले जहिले पनि उजुरी दिन पाइने भन्दै हदम्यादको ऐन खारेज गर्नुपर्नेमा जोड दिइएको छ । 

सभामुखपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ निर्णयार्थ प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्मा प्रस्तुत गरिने विद्येयकबारे अन्तिम कार्यसूची बनाउने छ । 

समितिलाई सम्भावित कार्यसूचीमा रहेका विद्येयकलाई प्रस्तुत गराउने, थप गराउने वा हटाउने अधिकार छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ