- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा रहेका भनिएका एक जना एमाले कार्यकर्तालाई गाली गरेर विवादमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले सरकारबाट वाहिरिदै छन् ।
शुरुमा लोकप्रिय निर्णय गरे पनि टेलिफोनमार्फत एक युवालाई अपशब्द बोल्दै ‘अपहरण’सम्मको धम्की दिएपछि उनको चौतर्फी आलोचना भएको थियो ।
यस्तो छ मन्त्री आलेको गाली (भिडियोसहित)
बताससँगको उनको व्यवहारलाई पनि प्रतिशोधको रूपमा लिइयो भने पशुपतिमा बह्मलुट गर्ने मारवाडी समितिलाई मन्त्री आलेले आड दिएका थिए । यी घटनाहरूले आलेलाई बदनाम गराएको थियो ।
पशुपतिमा बह्मलुट गर्ने मारवाडी समितिलाई मन्त्री प्रेम आलेको आड, पाँच महिनाको तलब दिने घोषणाले हलचल
आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेको बताएका छन् ।
मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिई देशको हित हुने काम गरेको बताएका छन् । विगतमा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम गरेँ भनेका छन्
मन्त्री आलेले पशुपति धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहको उपस्थितिलाई फिर्ता गरी सो समूहले गरेका कामलाई देश र जनताका पक्षमा ल्याएको दाबी पनि गरेका छन् ।
त्यसै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको सहुलियतका लागि सटल बस सञ्चालनमा ल्याएको र क्यासिनो सञ्चालकबाट सरकारलाई ठूलो रकम राजस्व तिराएको तथा नतिर्ने तारे होटेललाई कारबाही गरेको उनले जानकारी दिए ।
आइतबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालयको बैठकले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री फिर्ता बोलाउने निर्णय गरी नयाँ मन्त्रीहरूको नामावली पठाइसकेको छ ।
यसअघि नै आलोपालो गरी मन्त्री बनाउने आफ्नो पार्टीको सर्तमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेको र अहिले फिर्ता बोलाउने निर्णय गरेकाले आफूले पार्टीको निर्णय मानेर फिर्ता हुने पनि मन्त्री आलेले बताए ।