arrow

ग्लोबल आइएमई बैङ्कको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
global-ime-chitwan-bharatpur.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडको चितवन जिल्लाको भरतपुरमा अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरिएको छ।

बैङ्कका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चितवनको भरतपुर महानगरपालिका वडा नं.१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास गरेका छन्।

यसका साथै बैङ्कले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरूको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैङ्किङ सम्बन्धी सचेतना र्‍यालीको पनि आयोजना गरेको छ। उक्त सचेतना र्‍याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोक, सहिद चोक, लायन्सचोक हुँदै भरतपुर हाइट स्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो।

ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैङ्कको २८८ शाखा, २६० एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ