- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्ला वर्षहरुमा नेटो र ईयूको समर्थन बढ्दै गएको छ । ग्लोबसेक ट्रेण्ड २०२२ (GLOBSEC Trends 2022) को रिपोर्ट अनुसार पाँचमध्ये चार जनाले सुरक्षा र क्षेत्रीय अखण्डताको ग्यारेन्टरको रूपमा मान्दै पश्चिमी संरचनाहरूको हिस्सा बन्न चाहेका छन् ।
ब्राटिस्लाभामा आधारित थिंक ट्याङ्क ग्लोबसेकले यो रिपोर्ट बुल्गेरिया, चेक रिपब्लिक, इस्टोनिया, हंगेरी, लाट्भिया, लिथुआनिया, पोल्याण्ड, रोमानिया र स्लोभाकियामा मार्च २०२२ मा सीईईद्वारा गरिएको जनमत सर्वेक्षण सर्वेक्षणका आधारमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
मध्य र पूर्वी युरोपेलीहरूले पश्चिमी भूराजनीतिक अभिमुखीकरण अपनाउने आफ्ना देशहरूको लागि कूल ४४ प्रतिशत समर्थन व्यक्त गरेका छन् ।
यो गत वर्षको तुलनामा सात प्रतिशतले बढी हो । सन् २०१६ देखि हुँदै आएको यस किसिमको सर्वेक्षणमा पहिलो पटक यति धेरैले पश्चिमी समर्थन जनाएका हुन् ।
रोमानियाको मामलामा पश्चिमी भूराजनीतिक अभिमुखीकरणको लागि समर्थन गत वर्षको तुलनामा ४३ प्रतिशतबाट घटेर २७ प्रतिशतमा झरेको छ । यो क्षेत्रमा पश्चिमी समर्थन घटेको रोमानियमा मात्रै एक मात्र देश हो ।
नेटोमा सामेल हुने विषयमा बुल्गेरिया बाहेकका देशमा समर्थन ७९ प्रतिशत पुगेको छ । यस्तै ८० प्रतिशत रोमानियालीहरुले नेटोमै रहन चाहेका छन्, जुन गत वर्षको ७७ प्रतिशत भन्दा बढी हो ।
यसबाहेक ६२ प्रतिशतले नेटोमा रहँदा अन्य देशले रोमानियामाथि आक्रमण गर्ने सम्भावना कम बनाउनेमा विश्वास गरेका छन् । ९ देशहरूमध्ये आठमा बहुमतले आफ्नो देशको सशस्त्र सेनालाई विश्वास गरेका छन् भने, रोमानियामा प्रतिशत ६१ प्रतिशत पुगेको छ ।
अमेरिका रणनीतिक साझेदार हो भन्ने धारणा २०२१ को तुलनामा १० प्रतिशत अंकले बढेको छ । सीईई क्षेत्रका ४ मध्ये ३ उत्तरदाताहरूले वासिङटनलाई नेटामा प्रमुख सहयोगीको रूपमा हेरेका छन्। स्थानीय उत्तरदाताहरू मध्ये ७५ प्रतिशतले अमेरिकालाई रणनीतिक साझेदारको रूपमा बुझ्छन् भने ७० प्रतिशतले संयुक्त राज्य अमेरिका नेटोभित्र एक सहयोगी र परम्परागत साझेदार हो भन्ने कुरामा सहमत छन्।
राजनीतिक नेताहरूको धारणाको विषयमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई यस क्षेत्रका उत्तरदाताहरूमध्ये ६६ प्रतिशत, इमानुएल म्याक्रोनलाई ६१ प्रतिशत, बोरिस जोनसनलाई ५७ प्रतिशत, जो बाइडेनलाई ५३ प्रतिशत, उर्सुला भोन डर लेनलाई ५० प्रतिशत र ओलाफ स्कोल्जलाई ४४ प्रतिशतले अनुकूल ठानेका छन्।
प्रतिवेदनले यो पनि फेला पारेको छ कि ६३ प्रतिशत रोमानियाली उत्तरदाताहरू रुसले युक्रेनमा आक्रमण गरेको भनाइसँग सहमत छन् भने २६ प्रतिशतले रुसलाई उक्साएर युद्धको लागि पश्चिम जिम्मेवार भएको ठान्छन्।
अर्को ४३ प्रतिशतले रुसी आक्रमणको बिरूद्ध लड्दै युक्रेन पनि युरोपमा प्रजातन्त्रको लागि लडिरहेकोमा सहमत जनाएका छन् भने कूल ५१ प्रतिशतले युक्रेन ईयू र नेटोको सदस्य बन्नुपर्दछ भन्ने सोचेका छन् भने ४० प्रतिशतले युक्रेन तटस्थ रहनुपर्ने विचार राखेका छन् ।
प्रतिवेदनले यो पनि पत्ता लगाएको छ कि रोमानियामा लोकतन्त्रप्रतिको सन्तुष्टि ३० प्रतिशतबाट झरेर २३ प्रतिशतमा पुगेको छ । रोमानियामा अधिनायकवादी नेताको लागि ६० प्रतिशत समर्थन जुटेको छ ।
यो रिपोर्ट मार्च २०२२ मा बुल्गेरिया, चेक गणतन्त्र, इस्टोनिया, हंगेरी, लाट्भिया, लिथुआनिया, पोल्याण्ड, रोमानिया र स्लोभाकियामा जनसंख्याको प्रतिनिधि नमूनामा गरिएको जनमत सर्वेक्षणमा आधारित छ। कम्प्युटरको सहयोगमार्फत टेलिफोन सहायताबाट प्रत्येक देशका १ हजार गरी ९ हजार जनामाथि सर्वेक्षण गरिएको थियो ।