arrow

अफ्रिका भारतको प्राथमिकता हो, स्रोत अन्वेषणमा सामेल हुनुपर्छ- विदेश मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
Venkaiah Naidu.jpg

काठमाडौं । भारतीय विदेश मन्त्रालयले अफ्रिका महादेश प्राथमिकतामा रहेको बताउँदै त्यहाँका स्रोत खासगरी तेल र ग्याँसको अन्वेषणमा विशेष गरी पश्चिमी अफ्रिकामा सहकार्यमा सामेल हुने ठूलो सम्भावना रहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयक आर्थिक सम्बन्ध सचिव डम्मु रवीले उपराष्ट्रपति एम वेंकैया नायडूको ग्याबोन, सेनेगल र कतारको भ्रमणको बारेमा विशेष ब्रिफिङलाई सम्बोधन गर्दै भनेका छन्, 'पश्चिम अफ्रिकी देशहरूसँग पूर्णरुपमा अन्वेषण नगरिएका तेल र ग्यास जस्ता प्राकृतिक स्रोतहरू छन् । हाम्रा कम्पनीहरूका लागि ग्याबोन र सेनेगलसँगको सहकार्यमा सामेल हुने प्रशस्त सम्भावनाहरू छन् ।'

'सन् २०१४ यता भारतबाट ३४ र अर्को तर्फबाट १०० भ्रमणले यो सम्बन्धलाई चित्रण गर्छ। हाम्रो तर्फको प्राथमिकताले अफ्रिकालाई एजेन्डाको शीर्ष स्थानमा राख्छ, स्पष्ट रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा अफ्रिका प्राथमिकता रहेको महादेश हो,' उनले भने ।

भारतीय उपराष्ट्रपति वेंकैया नायडूले मे ३० देखि जुन ७ सम्म तीन राष्ट्र (ग्याबोन, सेनेगल र कतार)को भ्रमण गरेका छन् ।

उपराष्ट्रपति नायडूले जुन ५ मा कतारका प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीसँग दोहामा भेट गरेका थिए । र दुई नेताले प्रतिनिधिमण्डलस्तरीय वार्ता र व्यापार, लगानी, आर्थिक र सुरक्षा सहयोगलगायत द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए।

त्यसअघि उनले मध्य अफ्रिकी देश ग्याबोनको शीर्ष नेतृत्वलाई भेटेर र भारत सरकार विकासको यात्रामा ग्याबोनको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

त्यसपछि उपराष्ट्रपति नायडूले शुक्रबार सेनेगलको राष्ट्रिय सभाका अध्यक्ष मुस्तफा नियासेसँग प्रतिनिधिमण्डल स्तरीय वार्ताका क्रममा सेनेगल भारतको प्राकृतिक विकास साझेदार भएको बताएका छन् । भारत र सेनेगलले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ मनाउँदैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ