- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल थाइल्याण्डसँग पराजित भएको छ । यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । थाइल्याण्डसँग हारेसँगै नेपालको विश्वकप क्रिकेट खेल्ने सम्भावना सकिएको छ ।
मलेसियाको युकेएम ओकल मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोड्यो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन् । त्यस्तै बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन् ।
नेपालको मनीषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई-दुई विकेट लिइन् भने स्नेहा महराको नाममा एक विकेट रह्यो ।
थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालका लागि सृष्टि जैसीले अविजित ७ रन बनाइन्। यस्तै साना प्रवीणले ६, अनु कडायतले ५, कृतिका मरासिनीले ३, अञ्जलि विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन । थाइल्यान्डकी नन्थिता बोसुखामले तीन विकेट लिइन् ।
यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।