arrow

बञ्चरेडाँडामा पुनः अवरोध, हटाएर फोहोर विसर्जन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
bancare-dada.jpg

काठमाडौं । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले आज पनि फोहोर फाल्न अवरोध गरेका छन् । सरकाले आफ्ना मागहरू पुरा गर्नुपर्ने भन्दै उनीहरूले अवरोध गरेका हुन् ।  स्थानीय बासिन्दाले फोहोर फाल्न नदिने भन्दै रोकेपछि प्रहरीले अवरोध गर्ने स्थानीयलाई नियन्त्रणमा लिएको छ।

अवरोध भए पनि त्यसलाई हटाएर फोहोर विसर्जन गरिने नुवाकोटका प्रहरी प्रमुखले बताएका छन् । 

काठमाडौँ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच सोमवार फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो तर स्थानीले फेरि अवरोध गर्दै आएका छन्। 

स्थानीय बासिन्दाले आफूहरूसँग सहमति नभएको भन्दै फोहर विसर्जनमा अवरोध गरेका हुन् । 

उपत्यकाको आजबाटै बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्डसाइटमा उपयुक्त विधिअनुसार विसर्जन गर्ने प्रतिबद्धता जनाइएको थियो । 



नयाँ