arrow

सरकारमाथि योगेशको गम्भीर आरोप ;  माल नआएसम्म मल आउने वाला छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
yogesh-bhattrai3.jpg

काठमाडौं । एमाले सांसद योगेश भट्टराईले सरकारमाथि गम्भीर आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले मलमा माल खोजेको आरोप लगाएका हुन् । 

उनले मल  खोज्न कृषिमन्त्री भारत गएर फर्कने हुन कि होइन भन्दै शङ्का व्यक्त गरे ।  उनले भने,' मलको हाहाकार छ, मल छैन, हामीले सुनिराखेका छौँ मल खोज्न कृषिमन्त्री भारत जानुभएको छ, कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन, लिएर आउनुहुन्छ कि आउनुहुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासन हुनुभयो कि भन्ने आशङ्का पनि यहाँ  छ सभामुख महोदय ’  । 

उनले सरकारले मल ल्याउन नखोजेको टिप्पणी गरे । माल आए मात्र मल आउने उनले सुनाए । उनले भने ‘अर्को कुरा, मल आउँछ र यो सरकारले मल ल्याउन खोजेको छैन, मलमा माल खोजिरहेको छ माल ।  जबसम्म माल आउँदैन मलमा तबसम्म मल आउने वाला छैन, त्यस कारणले  हामीले मल खोजेको हो सभामुख महोदय मालको पछाडि हामीले लाग्ने खोजेको होइन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ