arrow

मल आउँदैन

सबै फेरिए तर मलको कथा फेरिएन : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
gagan-thapa-budget-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले असारको मसान्तसम्मा मल नआउने बताएका छन् । प्रतिनिधी सभामा बोल्दै थापाले भने 'आज मात्र कृषि मन्त्रालयले वक्तव्य निकालेको छ । असारको मसान्तसम्मा १ लाख ९२ मेट्रिक टन आउँछ ।  सभामुख महोदय आउँदैन, आउन सक्दै सक्दैन ।' 

जेठ र असारमा करिब २ देखि ३ लाख मेट्रिक टन चाहिने महामन्त्री थापाले बताए । उनले भने, कृषि मन्त्रालयले जुन बजेट ल्याएको छ त्यो प्रशंसनीय छ । उत्पादन बढाउनका लागि आधारभूत सामाग्रीी भनेको मल हो । नेपालमा ८७ केजी प्रति हेक्टर मल प्रयोग भए हुन्छ । प्राविधिक रूपमा हामीलाई चाहिने १२ लाख ९७ हजार मेट्रिक टन टन हो । तर अहिले को ५ लाख ३० हजार मेट्रिक टन भए हुन्छ । जेठ र असारमा करिब २ देखि ३ लाख मेट्रिक टन चाहिन्छ ।' 

उनले सबै फेरिए पनि मलको कथा भने उस्तै रहेको बताए । उनले भने ,' अहिले मौजात ७ हजार मेट्रिक टन छ । २० हजार बाटोमा छ । ६०-७० हजार आउँछ भनेको छ । दिनको २ हजार मेट्रिक टन  भन्दा आउन सक्दैन । यो अहिले मात्र भएको होइन, अघिल्ला वर्षमा पनि त्यस्तै भएको थियो । सरकार फेरियो, मन्त्री फेरियो, मानिसहरू फेरिए तर मलको कथा जहिले पनि यस्तै रह्यो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ