arrow

हरेक ठाउँमा सफल हुन्छन् यस्ता मानिस

logo
चाणक्य नीति,
प्रकाशित २०७९ जेठ २५ बुधबार
chanakya43.jpg

काठमाडौं । चाणक्यका अनुसार मानिसहरूसँग प्रेम,  पराइ माथि दया, दुष्टसँग कठोरता, सज्जनसँग सरलता, मूर्खसँग संयम, विद्वानलाई आदर, शत्रुसँग बहादुरी र गुरुजनहरूको सम्मान गर्ने मानिस हरेक ठाउँमा सफल हुने बताएका छन् । 

 नीतिको १२ औँ अध्यायको तेस्रो श्लोकमा सफल मानव सम्बन्धी रहस्य बताइएको छ ।
दाक्षिण्यं स्वजने दया परजने शाठ्यं सदा दुर्जने।
प्रीतिः साधुजने स्मय खलजने विद्वज्जने चार्जवम्।
शौर्यं शत्रुजने क्षमा गुरुजने नारीजने धूर्तताः
इत्थं ये पुरुषा कलासु कुशलास्तेष्वेव लोकस्थितिः।।३।।
 
आचार्य चाणक्य ती असल मानिसहरूको कुरा गरेका छन् जो आफ्ना मानिसहरूसँग प्रेम,  पराइ माथि दया, दुष्टसँग कठोरता, सज्जनसँग सरलता, मूर्खसँग संयम, विद्वानलाई आदर, शत्रुसँग बहादुरी र गुरुजनहरूको सम्मान गर्छ, जसलाई स्त्री प्रति लगाव छैन , यस्तो मानिस हरेक ठाउँमा सफल हुन्छन् ।  अर्थात् यस्ता पुरुषलाई  महापुरुष भनिन्छ । यस्ता मानिसको कारण नै आज संसार टिकेको छ ।

श्लोकमा कोसँग कस्तो व्यवहार गर्नुपर्छ बताइएको छ  । आचार्य चाणक्य भन्छन्, 'जो व्यवहारमा कुशल मानिस आफ्ना भ्याई-बन्धुसँग प्रेम गर्छ, अन्य मानिसहरू प्रति दया गर्छ , दुष्टसँग दुष्टताको कठोर व्यवहार गर्छ , साधु , विद्वान, आमा-बुवा तथा गुरुलाई आदर गर्छ , मूर्ख मानिससँग टाढै रहन्छ, शत्रुको बहादुरीको सामना गर्छ र स्त्रीहरूको पछि लाग्दैन । यस्तो मानिस हर समय र परिस्थितिका अनुसार अघि बढ्छ ।  यो व्यवहारका कारण उ सधैँ सफल हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ