- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सांसद योगेश भट्टराईले नेपालको लबिङ क्यापासीटी एकदमै कमजोर भएको बताएका छन् । प्रतिनिधि सभामा उनले शान्ति सेना कार्यरत मुलुकहरूबाट लबिङ गरेर आर्थिक सहयोग प्राप्त गर्न सकिने बताएका हुन् ।
उनले भने,' नेपाल विश्वका शान्ति प्रक्रियाका सम्बन्धमा शीर्ष पाँच राष्ट्रमा पर्छ । हाम्रो योगदान, त्यसको आधारमा नेपालले फाइदा लिन सकिरहेका छैनौ । कतिपय मुलुकहरूले सामान्य सहयोगबाट ठुलठुला फाइदा लिएका छन् । लबिङ गरेका छन् तर हाम्रो लबिङ क्यापासीटी एकदमै कमजोर छ ।'
उनले सरकारले कूटनीतिक क्षमतालाई बढाउनुपर्ने बताए । उनले भने,' यति महत्त्वपूर्ण भूमिकाले शान्ति कायम गर्न भूमिका खेलेका छौ । नेपालको आर्थिक विकासमा समृद्धिमा दुई पक्षीय बहुपक्षीय फाइदा लिनुपर्ने हो । हामीले लिन सकेका छैनौ । त्यस अर्थमा सरकारले आफ्नो कूटनीतिक क्षमतालाई बढाउनुपर्छ भनेर म भन्न पनि चाहन्छु ।'
उनले राष्ट्रिय सुरक्षा नीति बनाउन आवश्यक रहेको बताए । उनले भने,' हिजो द्वन्द्व समयमा सेनाको सङ्ख्या बढाइयो । प्रहरी, सशस्त्रको सङ्ख्या बढाइयो । शस्त्र प्रहरी बल पनि स्थापना भयो । त्यति बेला खुब चर्चा चलेको थियो । द्वन्द्व व्यवस्थापनको बेलामा यो सुरक्षा निकायको फोर्स बढाउने की, घटाउने की कायम राख्ने । यस विषयमा गम्भीरताका साथ छलफल हुन आवश्यक छ । राष्ट्रिय सुरक्षा नीति बनाउन आवश्यक हुन्छ ।'