- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाँच खेलको श्रृंखलाको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ७ विकेटले पराजित गरेको छ । यससँगै पाँच खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।
बिहीबार राति दिल्लीमा भएको खेलमा भारतले दिएको २१२ रनको विशाल लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित रहँदै ४६ बलमा सर्वाधिक ७५ रन बनाए । यस्तै डेभिड मिलरले ३१ बलमा अविजित रहँदै ६४ रनको योगदान गरे ।
भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक(एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।
इशान किशनले सर्वाधिक ७६ रन बनाए । यस्तै श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ जोडे । केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक(एक विकेट लिए ।
दोस्रो आइतबार कटकमा हुनेछ ।