दूरसञ्चार कम्पनी सञ्चालकमा शङ्कर लामिछाने निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
884
Shares
काठमाडौँ। दाङ दंगीशरण–५ हेकुलीका शङ्कर लामिछाने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालयको सञ्चालक सदस्यमा निर्वाचित भएका छन्। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयमा शनिबार भएको निर्वाचनमा उनी सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन्।
उक्त पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन्।