arrow

भक्तपुर जिससमा ईश्वर र सुजाता  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
bhaktapur-jilla-samanya-samiti.jpg

भक्तपुर । जिल्ला समन्वय समिति औजिससओ भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी सुजाता बाडे विजयी भएकी छिन् । 

जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन् । जिल्लामा सत्ता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी नेमकिपाको दुई मत थियो । 

यो हिसाबले नेमकिपा निर्णायक भएको थियो । त्यसकारण उसलाई मनाउन दुवै पक्षका दलले भरपुर प्रयास गरेक थिए । दुवै पक्षले नेमकिपालाई प्रमुख पद दिएका थिए । 

तर उक्त पार्टीले एमसीसी पास गर्ने दलहरूसँंग कुनै हालतमा गठबन्धन नगर्ने अडान राखेपछि मतदान भएको थियो । मतदानमा सत्ता गठबन्धन र एमाले दुवैले तीन तीन मत प्राप्त गरेको थिए । मत बराबर भएपछि गोलाप्रथा गरिएको हो ।



नयाँ