arrow

बाइडेनले भने- साउदीको भ्रमण गर्ने निर्णय गरेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
biden-saudi-mohammad-salman.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरेबियाको भ्रमण गर्ने या नगर्ने टुंगो लागि नसकेको बताएका छन् । मानवअधिकारवादी समूह र डेमोक्रेटिक पार्टीका सांसदले साउदीको भ्रमणलाई लिएर विरोध गरिरहेका बेला शनिबार यस्तो टिप्पणी आएको हो ।

गत हप्ता एक अमेरिकी अधिकारीले जुनको अन्त्यतिर बाइडेनले युरोप, इजरेल हुँदै साउदी अरेबियाको भ्रमणको तयारी गरिरहेको बताएका थिए ।

मानवअधिकार उल्लंघनको आरोपित साउदीसँगको सम्बन्ध सुधार गर्ने बाइडेन प्रशासनको वाचाको सन्दर्भमा यो भ्रमणले फरक संकेत गर्ने ठानिएकोछ  ।

सन् २०१८ अमेरिकी निवासी साउदीमुलका पत्रकार जमल खशोग्गीको हत्यामा साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको  भूमिका रहेको कुरालाई लिएर बाइडेनले उनको आलोचना गरेका थिए ।

साउदी सरकारले उनको हत्यामा प्रिन्स सलमानको संलग्नता रहेको कुरा अस्वीकार गरेको छ। शनिबार अल्बुकर्क न्यू मेक्सिकोमा एक पत्रकारले साउदी इजरेल सम्बन्ध सुधार गर्न मध्यपूर्वको सम्भावित यात्राबारे सोध्दा बाइडेनले 'विचार गर्ने छौं' भन्दै जवाफ दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ