arrow

एमालेले माग्यो अर्थमन्त्री र प्रधानमन्त्रीको स्पष्टीकरण

अर्थमन्त्रीको कार्यकक्षमा राति साढे १२ बजे चाउचाउले तहल्का मच्चायो : योगेश भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
yogesu.jpg

कठमाडौं ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग स्पष्टीकरण माग गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भट्टराईले बजेट निर्माणको सुइँको केही पक्षलाई दिइएको भन्दै अर्थमन्त्रीको स्पष्टीकरण माग गरेका हुन् ।

उनले बेलायतमा बजेटको सङ्केत गर्ने अर्थमन्त्रीले पद छाड्नुपरेको बताए । उनले भने,' बेलायतको संसद्मा जुन दिन बजेट भाषण हुँदै थियो माननीय अर्थमन्त्री जीले ब्रिफकेश बोकेर भाषण गर्न जाँदा अर्को एक जना माननीय सदस्यले चुरोट खादै हुनुहुन्थ्यो । अर्थमन्त्रीले अहिले त खा न चुरोट भन्नुभयो । र अर्थमन्त्रीले भाषण गरिसकेपछि चुरोटको दाम बढ्यो । भाषण गरेपछि चुरोटमा कर बढ्दै छ भन्ने कुराको पूर्व सङ्केत दिएको हुँदा ती अर्थमन्त्रीले पद छोड्नपर्‍यो । अब हाम्रो देशमा यो लागु हुन्छ कि हुँदैन सभामुख महोदय ।' 
 
उनले नेपालकै  संसद्मा कुनै मन्त्रीको विदेशमा खाताका कुरा उठाउँदा सम्बन्धित मन्त्रीले पदबाट राजीनामा दिएको इतिहास दोहोराए । उनले भने,' विद्युतीय गाडी सेनेटरि प्याडका विषयमा हामीले कुरा उठायौ ।  चाउचाउ वास्तवमा स्वास्थ्यका लागि त्यति उपयुक्त त होइन । नखानुस् पनि भन्दिन तर हाम्रो अर्थमन्त्रीको कार्यकक्षमा राति साढे १२ बजे तहल्का मच्चायो । यो किन यस्तो भइरहेको छ सभामुख महोदय । यी गम्भीर प्रश्नहरू हामी यहाँ उठाउन चाहन्छौ ।'

 बजेट निर्माणको समय कसैलाई प्रवेश नदिइने नियमको उल्लङ्घन अर्थमन्त्रीले  गरेको बताए । उनले भने ,' हामीले पदमा रहँदा नरहँदा राज्यका कुनै पनि गोपनीयताहरू भङ्ग नगर्ने शपथ खाएका छौ ।  यसमा पनि बजेट निर्माणको झण्डै एक महिना अगाडिदेखि बजेट शाखामा  र अर्थ मन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइँदैन । माननीय सदस्यलाई पनि प्रवेश दिइँदैन त्यस्ता एउटा ठाउँमा यस्तो काम हुन्छ भने यो राष्ट्रका नाममा खाएको शपथको पनि  खिलाफ हो । यो जनघात मात्र होइन सभामुख महोदय यो राष्ट्र घात पनि हो । यसले हाम्रो कतिपय उद्योग व्यवसाय धराशायी भएका छन् । यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'

उनले सभामुख मार्फत अर्थमन्त्रीको मात्र स्पष्टीकरण मागेनन् प्रधानमन्त्रीको धारणा के हो भनेर सोधे ,' सभामुख मार्फत माननीय अर्थमन्त्री जिले स्पष्टीकरण दिनुपर्छ भन्ने राख्न चाहन्छु । यसमा प्रधानमन्त्रीको धारणा के हो सत्तारुढ दल, प्रधानमन्त्रीको ध्यानाकर्षण हुनुपर्छ ।' 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ