arrow

आलोचना खेप्दै अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माको फितलो स्पष्टोक्ति, सीसीटीभीको फुटेजसमेत देखाउन एमालेकाे माग

संसदीय छानबिन समिति नबनेसम्म संसद अगाडि बढ्न नदिने एमालेको अडान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
janardan---.jpg

काठमाडौं । विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माले संसदमा स्पष्टीकरण दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनलाई बोलाएपछि एमालेका सांसदहरु भने अलमलमा देखिए । 

यसअघि बिहान बैठकको शुरुआतमै एमालेले शर्मासँग कुनै सवाल जवाफ नगर्ने बताएका थिए । 

तर अहिले आएर अर्थमन्त्रीले घुमाउरो पाराले वक्तव्य दिएपछि एमाले पनि सहभागी भएर चर्को आलोचना गरेको छ । 

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि करका दर तय गर्न मन्त्रालयले नचिन्ने मान्छेहरु छिरेकोसमेत आरोप लगाए । 

उनले त्यतिबेलाको सीसीटीभीको फुटेजसमेत देखाउन माग गरेका छन् । दुनियाँमा कुनै पनि बदमासले गल्ती गरेको छु भनेर नभन्ने गरेकोसमेत भट्टराईले भने । 

संसदीय छानबिन समिति नबनेसम्म संसद अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उभिएर विरोध गरिरहेका छन् । 

सभामुख सापकोटाले भने एमाले सांसदहरुलाई सदन अगाडि बढाउन आग्रह गरेका छन् । अहिले संसद अवरुद्ध भएको छ । 

एमाले सांसदहरु उभिएर विरोध गरिरहेपछि सभामुख सापकोटाले आजका बाँकी कार्यक्रमहरु स्थगित भएको जनाएका छन् । 

अर्को बैठक बुधबार ११ बजे बस्ने गरी स्थगित भएको छ । 

यसअघि बिहान अर्थमन्त्री शर्माको विवादका कारण फेरि अर्थमन्त्रालय बारेमा छलफल नगर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको थियाे । 

‘अर्थमन्त्रीज्यूको काम क्रियाकलापप्रति विवाद आइरहेका बेलामा अब अर्थमन्त्रीको कार्यक्रममा सहभागी नहुने’ मंगलबार बिहान संसदमा नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराएका थिए । त्यसपछि एमालेका सांसदहरु सिटबाट उठेका थिए । आफ्नो ध्यानाकर्षण भएको भनी सभामुख अग्निप्रसाद सापकोटाले भनेसँगै एमालेका सांसदहरु सिटबाट बसेर संसदमा भाग लिएका थिए । 


के भन्छन् शर्मा ? 
शर्माले आफूले गलत काम नगरेको दाबी गरेका छन् । उनले नाजायज व्यक्ति अर्थं मन्त्रालयमा नगएको पनि दाबी गरेका छन् । आफूलाई लागेका आरोप कपोलकल्पित भएको भन्दै खारेज गर्छु भनेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ