arrow

भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना सार्वजनिक

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
indian-army1.jpg

नयाँदिल्ली । भारत सरकारले निवृत्तिभरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ । 

अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा छोटो अवधिको अनुबन्धनका आधारमा सैनिक भर्ती गर्ने लक्ष्य लिएको छ । 

रक्षामन्त्री राजनाथ सिंहले घोषणा गरेको यो योजनाअन्तर्गत साढे १५ वर्षदेखि २१ वर्ष उमेर समूहका करिब ४५ हजार युवालाई चारवर्षे कार्यकाल तोकेर सेवामा लगाइनेछ । 

चारवर्ष पछि ती सैनिकमध्ये २५ प्रतिशतलाई मात्र सेवामा निरन्तरता दिइने छ । उनीहरू नियमित क्याडरका रूपमा भर्ती हुनेछन् । 

त्यसरी भर्ती भएकाहरू १५ वर्षसम्म सेवामा रहने छन् तर उनीहरू सैनिक अधिकृतभन्दा तलको तहमा मात्र रहने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ