arrow

लाभबेला दुईपटक भएको यस्तो हुनेछ बुधबारको दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ असार १ गते बुधबार, इस्वीसंवत जुन १५ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको प्रतिपदा तिथि रहनेछ । आज नक्षत्रमा मूल, विष्कुम्भादि योगमा शुभ, करणमा कौलव, आनन्दादि योगमा ध्वज रहनेछ । सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३४ पला अर्थात १३ घण्टा ४९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५९ बजे हुनेछ ।

आजको राशिफल :

मेष : आज पनि स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसंग सम्पन्न गरिनेछ, लाभका स्रोतहरू फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला ।

वृष : आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्नै छोराछोरीले धोका दिन सक्नेछन्, गरेका प्रयासहरू व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पूर्व दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।

मिथुन : आज स्वास्थ्य मजवुद रहनेछ, टाढाबाट धन प्राप्ति हुनेछ, यश कीर्ति बढ्ने, आरोग्यता, प्रशन्नता, शत्रूमा आफ्नो जीत हुनेछ, सबै प्रकारको काममा सफलता मिल्न सक्नेछ, आफन्तको आगमनले घरमा नया“ चहलपहल हुनेछ, समयको उचित सदुपयोग गरी कार्य गर्नुहोला ।

कर्कट : आज एक्कासी धन लाभका अवसर मिल्न सक्नेछन्, मानसम्मान प्राप्त हुन सक्नेछ, जमिन लाभ, आफन्तसंग भेट हुने मौका, जताबाट पनि हर्ष र खुशीका खबर पाइनेछ, समय अत्यन्तै शुभ रहेको छ सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुुनेछ ।

सिंह : आज लागि स्वास्थ्य ठीक-ठाक रहने छैन, यात्रामा विघ्नबाधा आइलाग्नेछ, खानामा गडबढी हुन सक्नेछ, कम्मर दुख्ने, शूल रोगले सताउन सक्नेछ, व्यवसायमा आर्थिक मन्दी आउनेछ, आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ । आज उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला ।

कन्या : आज स्वास्थ्य भरपर्दो रहने छैन, खानपिनमा ध्यान पुर्याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ ।

तुला : आज पनि दिन शुभ छ, कसैसँग पैसा फिर्ता लिनुछ भने माग्न गएमा पाइने छ, सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति तथा आराम मिल्नेछ, परिवारका सदस्यको सहयोग राम्रै पाइनेछ, आज जे काम गर्न बाँकी छन् गराई हाल्नुहोला ।

वृश्चिक : आज पनि दिन खराब छ, आफन्त इष्टमित्र नै बिघ्नबाधा पार्नेवाला भेटिनेछन्, मानसिक चञ्चलता, गर्न खोजेका काममा सर्वत्र विघ्नबाधा मात्रै देखा पर्नेछन्, सोचेका काममा उल्टा–उल्टा परिणाम आउने अवस्था छ, शरीर जोगाई सतर्क रहँदै दिन बिताउनु होला ।

धनु : आज पनि दिन अत्यन्तै शुभ छ, एक्कासी आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे-जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

मकर : आज पनि समय त्यति राम्रो छैन, खाने कुरामा गडबढी, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि चित्त दुख्ने समाचार सुनाउने छन् । घरमा आगलागी, चोरीको विशेष खतराका दिन रहनेछ, व्यर्थको तनावले स्वास्थ्यमा असर समेत पार्ने देखिन्छ, सचेत रहनुहोला ।

कुम्भ : आज पनि समय शुभ छ, लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ, बिरामी हुनुहुन्छ भने आजबाट स्वास्थ्यमा सुधार आउनेछ, उठ्नुपर्ने रकम उठ्नेछ, यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ, घर परिवारमा विशेष परिवर्तन आउनेछ, विवादित मुद्दामा आफ्नो जीत हुनेछ ।

मीन : आज पनि समय मध्यम खालको छ, स्वास्थ्यको हिसावले राम्रै छ, सोचेको केही काम अधुरा रहने छन्, गर्न खोजेका काममा ढिलासुस्ती समेत हुनेछ, शिरमा चोट लाग्न सक्छ, कुनै महिलासँगको विवादमा झगडा पर्ने सम्भावना बलियो छ ।

साइत :
बिहान ०५ः०७ बजेदेखि ०६ः५१ बजेसम्म लाभ बेला,

बिहान ०६ः५१ बजेदेखि ०८ः३५ बजेसम्म अमृत बेला,

बिहान ०८ः३५ बजेदेखि १०ः१८ बजेसम्म काल बेला,

बिहान १०ः१८ बजेदेखि १२ः०२ बजेसम्म शुभ बेला,

बिहान १२ः०२ बजेदेखि १ः४६ बजेसम्म रोग बेला,

दिनमा १ः४६ बजेदेखि ३ः२९ बजेसम्म उद्धेग बेला,

दिनमा ३ः२९ बजेदेखि ५ः१३ बजेसम्म चर बेला,

दिउँसो ५ः१३ बजेदेखि ६ः५७ बजेसम्म लाभ बेला,

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ