- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। धनुषामा ११ हजार भोल्ट विद्युत्को तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका वडा नम्बर ९ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र ठाकुर बरही रहेका छन् ।
बिरेन्द्रबजार यदुकुहा महिनाथ्पुर हुलाकी सडक अन्तर्गत भठिहन चौकमा मङ्गलवार दिउँसो सो दुर्घटना भएका हुन् ।
११ हजार भोल्टको तारबाट जोइन्ट भएर आएको डिसको तार घर माथि फालिएको अवस्थामा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
ठाकुरलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।