लगानको २१ वर्ष: आमिर र किरण भेट सेटमा, त्यसपछि फोन कलबाट शुरु भयो प्रेमकथा
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
284
Shares
काठमाडौं । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लगान’ले आज २१ वर्ष पूरा गरेको छ । ‘लगान’ आमिरको करियरको सफल फिल्म थियो । फिल्मले उनको व्यक्तिगत मात्र नभई व्यावसायिक जीवनमा पनि परिवर्तन ल्यायो । यो फिल्मकै कारण उनी फेरि एक पटक प्रेममा परे। तर, १५ वर्षको सम्बन्धपछि आमिर आफ्नी दोस्रो श्रीमती किरण रावसँग पनि अलग भएका छन् ।
दुवैको भेट सन् २००१ मा फिल्म ‘लगान’ को सेटमा भएको थियो । एक अन्तर्वार्ताका क्रममा आमिरले ‘लगान’ मा किरण आशुतोष गोवारीकरको सहायक भएको बताएका थिए । आमिरलाई सेटमा लैजाने जिम्मेवारी किरणको थियो। यसबीचमा दुवैको कुराकानी भयो र दुवै राम्रो साथी बने ।
‘लगान’ को सुटिङको दुई वर्षपछि आमिरले पहिलो पत्नी रीनासँग सम्बन्ध विच्छेद गरेका थिए । एक अन्तर्वार्ताका क्रममा आमिरले,' यो समय उनको लागि निकै कठिन थियो र यस्तो अवस्थामा किरण रावको फोन आयो र हामीले आधा घण्टा कुराकानी गर्यौ ।' त्यसपछि जब आमिरले फोन काटिदिए, तब उनले किरणसँग कुरा गर्दा खुसी मिल्छ भन्ने महसुस गरे । यो थाहा पाएपछि मात्रै दुवैले एक अर्कालाई डेट गर्न थालेका थिए ।
आमिर र किरणले करिब डेढ वर्ष एक अर्कालाई डेट गरेका थिए । यस क्रममा दुवै लिभ इनमा बसे र सन् २००५ मा विवाह गरे । आमिर खान र किरण रावको विवाहको १५ वर्षपछि सम्बन्ध विच्छेद भए पनि दुवैको सम्बन्ध आज पनि राम्रो छ ।
त्यही क्रममा दुवैले सन् २०११ मा सरोगेसीको सहयोगमा छोरा आजाद रावलाई स्वागत गरेका थिए । आमिरले आफ्नी पहिलो श्रीमती रीना दत्तसँग पनि राम्रो सम्बन्ध राखेका छन् । उनीहरूका दुई सन्तान इरा र जुनैद खान छन् ।