arrow

ज्योतिषीय दृष्टिले अशुभ

नेपालका लागि सबैभन्दा प्रतिकूल रहने यस्तो हुनेछ समग्रमा असार महिना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
monthly-horoscope.jpg

मासिक फल : २०७८ साल आषाढ १ गते बिहानमा ५ बजेर १० मिनेटमा सूर्यले मिथुन राशिमा प्रवेश गर्दैछन् । महिना प्रवेशमा बृश्चिक लग्न परेको छ । कृष्णपक्ष द्वितीया प्रतिपदा, मूल नक्षत्र, धनु राशि परेको छ । यस वर्षको राजा शनि र मन्त्री वृहस्पति परस्पसर विरोधी ग्रह रहेका छन् । शनि मंगल वा नि सूर्यको परस्पर दृष्टिमा उन्माद योग हुन्छ । आषाढ १ गतेकै दिन शनि धनु राशिमा, सूर्य मिथुन राशिमा, बुध चन्द्रमासहित भएकाले ज्योतिषीय दृष्टिमा २०७९ सालकै महिनाहरुमा यो अशुभ महिनामा पर्दछ । नेपालको लागि यो निकै प्रतिकूल रहनेछ । राजा मन्त्री परस्पर विरोधी शनि सूर्य र पाँच बुधबार, पाँच बिहीबार र पाँच शनिबार पनि परेको महिना हो । यो महिनाको ११ गते सम्म सूर्यलाई बुधको साथ मिल्ने र शनि एक्लो भई प्रतिस्पर्धा गर्ने हुँदा पश्चिमी देशहरुमा भारतमा अनि नेपालमा समेत संकट आउने योग छ । शनि सूर्यको परस्पर दृष्टिमा सूर्यलाई चन्द्रमाले साथ दिने भएकाले दैवी प्रकोपले चिन्तित बनाउने, राजनीतिमा समेत प्रतिकूल प्रभाव पर्न गई अप्रत्यासित अप्रिय घटना हुने योग छ । यो स्थितिमा सुरक्षा बल अर्थतन्त्रमा हलचल ल्याउनेछ ।

शनिका साथ चन्द्रमा रहने हुदा यो समय पनि प्रतिकूल नै हुने देखिन्छ । महिना प्रवेश लग्नदेखि बाह्रौँ बक्र बृहस्पति द्वितीय बक्र शनिको प्रतिकूल प्रभाव पर्ने हुँदा धार्मिक द्वन्द्वका साथै सेवाग्राहीको आक्रमणले आर्थिक संकटले जर्जर हुनेछ । लग्नेश मंगल उच्च भई तृतीयमा र सप्तमेष शुक्र नवौँमा रहेकोले बौद्धिक वर्गलाई राष्ट्रबारे सोच्न बाध्य बनाउनेछ । महिनाको शुरुमै राष्ट्राध्यक्षले र सचेत नागरिकले ग्रह शान्ति गराउनु राम्रो हुनेछ । बुधबारको संक्रान्तिले जनतामा खुशी, पाँच वटा बिहीबार पर्नुले अशुभको संकेत गर्दछ । यो महिना अत्यधिक वर्षाको सम्भावना पनि देखिन्छ । अन्याय, अत्याचारका घटना पनि बढ्न सक्ने देखिन्छ । यस महिनामा शिक्षाक्षेत्र पनि तनावग्रस्त बन्न सक्ने, महंगी बढ्ने, राजनीतिक दलहरुका नेताहरुबीचमा मनमुटाव बढ्ने, शासन प्रणालीमा उतारचढाव, आर्थिक मन्दी थप बढ्ने संकेत छ । असार महिनाको १०, १७, २२, २३ र ३० गते दोकान खोल्ने, २ र १७ गते व्रतबन्ध, ७, १९, २१, २२ र २४ गते विवाह, २, ४, ७, ९, ११, १३, १६, १८, २०, २२, २४, २७, २९ र ३१ गते अग्नि जुर्ने मुहूर्त जुरेको छ ।

मासिक राशिफल :

मेष : मेष राशिका लागि २०७९ असार महिना धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्रासमेत हुनेछ । धन लाभ हुनुका साथै राज्य पक्षबाट मान सम्मान प्राप्त हुनेछ । राज्यपक्ष्यबाट लाभ हुनेछ । तेल, ग्यास, फलाम, भूमिसम्बन्धी काम कारोबार गर्नेलाई लाभ हुनेछ । राजनीतिक क्षेत्रमा कार्य गर्नेहरूका लागि समेत लाभ हुनेछ । सरकारी काम गर्ने, प्रशासनिक क्षेत्रमा कार्य गर्नेहरूका समेत लाभ हुनेछ । घर, भूमि, विभिन्न क्षेत्रको ठेकेदार सम्बन्धी कार्य गर्नेहरूका लागि हुनेछ । उमङ्गता पैदा समेत हुनेछ । नयाँ आर्थिकका बाटाहरू खुल्नेछन् । महिनाको मध्यतिर आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ भने पेटसम्बन्धी समस्याले सताउने देखिन्छ । सुरक्षा क्षेत्रका मेष राशिका व्यक्तिलाई हतियार चलाउँदा सावधानी अपनाउनु पर्ने देखिन्छ । शीर सम्बन्धी समस्याले सताउने देखिन्छ ।

विरोधीहरू परास्त हुनुका साथै विरोधी पक्षबाट धनलाभ हुने देखिन्छ । श्रृङ्गारिक सम्बन्धी, वस्त्र, पर्यटन, कला संस्कृति सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता नै प्राप्त हुनेछ । कृषि सम्बन्धी, खेलकुद क्षेत्रमा लाग्नु भएकाहरूलाई चोटपटकको सम्भावना रहेको छ । ग्रहगोचरले राम्रो साथ दिनेछ पराक्रमको गति तीव्र हुनेछ । भाग्यले साथ दिनुको साथै कर्म बलियो भएकोले नयाँ र ऐतिहासिक काम गर्ने अवसर मिल्नेछ । वैंदेशिक कार्यमा राम्रै उन्नति हुनेछ कुटनीतिक क्षत्रका र सैन्य क्षेत्रका व्यक्तिहरुले ठूलो सफलता हासिल गर्नेछन् । वैवाहिक बवन्धनमा बाँधिने बलियो सम्भावना छ ।

नयाँ प्रेमको प्रस्ताव पनि आउनेछ नोकरीमा पदोन्नति राजनीतिमा उच्च स्थान पाउने योग छ । घर तथा सवारी साधन जोढ्ने तरखरमा भए सजिलै सफलता मिल्नेछ । ठूला व्यक्तिको पहलमा राज्यले उच्च सम्मान दिनेछ धार्मिक र सामाजिक कार्यमा संलग्न भै सम्मान पाउने योग छ । पढाइमा निक्कै प्रगति गर्न सकिनेछ । सन्तान नहुनेलाई सन्तान प्राप्तिको योग पनि हो । पुराना समस्या किनारा लगाउँदै नयाँपथ प्रवेश गर्ने मार्ग निर्माण गर्न सकिनेछ । मेष राशिका ब्यक्तिका लागि असार महिनामा शुभ अंक ३, शुभ रङ्ग हरियो, शुभ दिशा पूर्व रहेको छ भने जुनसुकै कार्य गर्दा गणेश भगवानको आराधना गर्दा लाभ हुनेछ ।

वृष : वृष राशिका लागि २०७९ असार महिना शारीरिक सुख प्राप्त हुनेछ । विरोधीहरू परास्त भएर जानेछन् । पर्यटन क्षेत्र, वैदेशिक आयात तथा निर्यात सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ हुनेछ । वस्त्र, श्रृङ्गारिक सामान, कला संस्कृति, पर्यटन सम्बन्धी कार्य गर्नेहरूका लागि विशेष लाभ हुनेछ । कला, संस्कृति, सङ्गीत सम्बन्धी विशेष रुचि बढ्नेछ । वस्त्र बिक्रेताहरूका लागि लाभ हुनेछ । कला, संस्कृति क्षेत्रमा लागेकाहरूलाई लाभ हुनेछ । विद्यार्थी वर्गका लागि बौद्धिक विकास हुनेछ । महिनाको मध्यतिर घर जग्गाको कारोबार गर्नेहरूका लागि लाभ हुनेछ भने पराक्रम बढ्नुका साथै उमङ्गता पैदा समेत हुनेछ । मनमा विभिन्न किसिमको डर उत्पन्न हुनेछ । बोल्दा कम बोल्दा लाभ हुनेछ । कुलकुटुम्बबाट लाभ प्राप्त हुनुका साथै सञ्चित धन वृद्धिका साथै आकस्मिक धन लाभ हुनेछ ।

फलाम, खनिज, भूमि, तेल सम्बन्धी काम कारोबार गर्नेहरूका लागि लाभ हुनेछ । मेकानिकल सम्बन्धी काम गर्नेहरूलाई लाभ हुनेछ । पेट, छाला सम्बन्धी समस्याले सताउने देखिन्छ । राजनीतिक क्षेत्रमा लाग्नेहरू, ठेकेदार सम्बन्धी काम गर्नेहरूलाई सचेत हुनु पर्नेछ । प्रेम तथा दाम्पत्य जीवनमा खटपट बढ्नुका साथै वैदेशिक यात्राका सोच बनाउनेहरूका लागि विभिन्न किसिमका अवरोधहरू आउनेछन् । यसैगरी महिनाका अन्तिमा ग्रह गोचर त्यति अनुकूल देखिन्न । महिनाभरिनै विवादको सामना गर्नु पर्नेछ । धनको नास पनि प्रत्यक दिन नै हुनेछ । अरुबाट हुने तीव्र आलोचनाले मनोवल घट्नेछ ।

नोकरीमा प्रशस्त संकट आउने, राजनीतिमा अप्ठ्यारो हुने र विश्वासमा धोका हुने छ । शत्रुले खोइरो खन्ने योग छ । स्वास्थ्य पनि दिनदिनै कमजोर हुनेछ । घरेलु समस्याले सताउनेछ । मित्रहरुले वढी तनाव दिनेछन् । प्रेममा खटपट हुनेछ । पति पत्नीबीचको सम्वन्ध पनि कमजोर हुनेछ । मंगल, बुध, शुक्रको अनुकूलताले संयम भएर काम गरेमा राम्रो हुनेछन् । व्यापारमा र यात्रामा प्रयत्न गर्दा सफलता हासिल गर्न सकिनेछ । पढाइमा शुभ लक्षण देखिएकोले उच्च शिक्षा प्राप्त गर्न परदेश जाने अवसर मिल्नेछ । अरुको विश्वासमा काम गर्दा धोका हुनेछ । गोपनीयता महीना भरि नै अपनाउनु राम्रो हुनेछ । वृष राशिका लागि असार महिनामा शुभ अंक २, शुभ रङ्ग सेतो, शुभ दिशा दक्षिण रहेको छ भने जुनसुकै शुभ कार्य गर्नुअघि लक्ष्मी नारायणको आराधना वा दर्शन गर्दा तपाईँलाई असार महिना शुभ रहनेछ ।

मिथुन : मिथुन राशिका लागि २०७९ असार महिना शुरुवाती दिनभन्दा मध्यपछि सेना, पुलिस, प्रशासनिक क्षेत्र, गृहमन्त्रालय, रक्षा मन्त्रालय क्षेत्रमा कार्य गर्नेलाई शुभ रहनेछ । धार्मिक क्षेत्रमा मन लाग्नुका साथै धार्मिक यात्रा समेत हुनेछ । होटल, फलाम तथा मेसीनरी सम्बन्धी कार्य गर्नेलाई राम्रो रहनेछ । मेकानिकल सम्बन्धी कार्य गर्नेलाई मध्यपछि शुभ रहने छ । माता पिताको स्वास्थ्य खराब हुनेछ । विरोधी पक्षहरू परास्त हुनुका साथै मुद्दा मामिलामा विजय हुनेछ । वैदेशिक कार्यमा अवरोध हुनुका साथै विदेश यात्रा गर्नेहरूका लागि झण्झटिलो यात्रा हुनेछ । शुरूका दिनमा बढी खर्च बढ्ने देखिन्छ । आफ्नो भन्दा अर्काको निम्ति बढी समय बिताउनु पर्ने देखिन्छ । घर तथा जमिन सम्बन्धी काम कारोबार गर्नेहरूका लागि लाभ हुनेछ । लेखन, पत्रकारिता क्षेत्र, फलाम तथा मेसीनरी सम्बन्धी काम गर्नेहरूका लागि लाभ हुनेछ । अध्ययन कार्यका लागि विद्यार्थी वर्गका लागि विदेश यात्रा शुभ रहने नै छ ।

कला सङ्गीत, मोडलिङ, नित्य, पर्यटन सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ हुनेछ । यात्राको अवसर मिलेता पनि धन खर्च हुने झन्झटिलो यात्रा हुनेछ । आफ्ना मान्यजनको सरसल्लाहमा लिएर अघि बढेको खण्डमा शुभ रहने छ । टाउको सम्बन्धी समस्याले सताउनुको साथै शीरको समस्या हुनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सामान्य रहेको छ । कृषि चौपाया सम्बन्धी कार्य गर्नेहरूका लागि शुभ रहेको छ । धैर्यतामा जोड दिए समयले मध्यम फल दिनेछ । आठौ मंगलको र द्वितीय राहुको प्रतिकूलताले स्वास्थमा बाधा सिर्जना गर्नुको साथै बोलीमा पार्ने प्रतिकूल प्रभावले खर्चको गति बढ्ने योग भए पनि आम्दानीका श्रोतहरु चौतर्फी जुट्नेछन् ।

पराक्रमको गति तीव्र रहनेछ । प्रयास गर्दा काममा सफलता मिल्नेछ । मित्रहरुले पूर्णरुपमा साथ दिनेछन् भने परिवारजनको साथ पर्याप्त मिल्नेछ । घर तथा सवारी साधन जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै होला । पढाइमा प्रगतिको लक्षण देखिन्छ । व्यापारमा वैदेशिक कार्यमा र प्रेममा उल्लेख्य सफलता मिल्नेछ । वैवाहिक कार्यले पनि उचित स्थान पाउनेछ । भाग्यले साथ दिनेछ सामाजिक कार्यमा सम्मान पाउने योग छ नोकरी तथा राजनीतिमा लक्षमा पुग्न सहज हुनेछ । रिसको वेग बढ्ने भएकोले धैर्यता अपनाउँदा मात्र सफलता मिल्नेछ । मेष राशिका लागि असार महिनामा शुभ अंक १ रहेको छ । शुभ रङ्ग हरियो, शुभ दिशा पश्चिम रहेको छ । जुनसुकै कार्य गर्नुअघि भगवान् विष्णुको आराधना गर्दा मेष राशिका ब्यक्तिका लागि असार महिना शुभ रहला ।

कर्कट : कर्कट राशिका लागि २०७९ असार महिना आर्थिक क्षेत्रमा धन लाभ हुने देखिन्छ । नयाँनयाँ अवसर मिल्ने देखिन्छ । समुद्रपारको यात्राको अवसर मिल्ने देखिन्छ । मनमा उमङ्गता बढ्नुका साथै जोग जागर उत्पन्न हुनेछ । कला, सङ्गीत, मोडलिङ्ग, नित्य क्षेत्र, खेलकुद, पर्यटन क्षेत्रमा रुचि बढ्ने छ । सन्तान सुख प्राप्त हुनेछ । घर जग्गाका साथै खनिज सम्बन्धी काम कारोबार गर्नेहरूका लागि शुभ रहने छ । घरगृहको सुख प्राप्त हुनुका साथै मातृसुख प्राप्त हुनेछ । विरोधी पक्ष्यबाट कार्यमा अवरोध हुनेछ । आकस्मिक धन लाभ हुनेछ । पत्रकारिता क्षेत्र, फलाम, मेसीनरी, तेल, खनिज सम्बन्धी पेशा व्यवसाय अगाल्नेहरूका लागि असार महिना शुभ रहेको छ ।

रोग, शोकका साथै शत्रु भयको डर रहेको छ । दाजुभाइ बिचमा सम्बन्धमा चिसोपन आउने देखिन्छ । विद्यार्थी वर्गका लागि अध्ययनमा मन लाग्नुका साथै शुभ समाचार सुन्न पाइनेछ । सेना, पुलिस, गृहक्षेत्र, रक्षा क्षेत्रमा कार्य गर्नेहरूका लागि हातहतियार चलाउँदा सावधानी अपनाउनु पर्ने देखिन्छ । आगो, चट्याङ आदिको खतरा बढेको छ । वैदेशिक कार्य गर्नेहरूका लागि नोक्सान बेहोर्न पर्ने देखिन्छ । त्यसैगरी प्रशासनिक क्षेत्रमा काम गर्ने, धातु सम्बन्धी काम गर्नेहरूलाई नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता बेहोर्न पर्ने देखिन्छ । इष्टमित्र कुलकुटुम्बबाट साथ सहयोग मिल्ने नै छ । प्रेम तथा दाम्पत्य जीवनमा मनमुटाब बढ्ने देखिन्छ ।

घरेलु समस्यामा ठूलै धनराशि खर्च हुने देखिन्छ । मुटु मस्तिस्कमा समस्या आउन सक्ने भएकोले सचेत हुँदा राम्रो हुनेछ । विवाद तिर नलाग्नु नै वेश । धनमाल हराउन सक्ने भएकाले धनको ढुकुटीमा कडा नजर लगाउनु राम्रो। १२ गतेदेखि बुध अनुकूल भएकाले जोस र जाँगर बढ्ने भएकाले प्रयास गर्दा महत्वपूर्ण कामहरु बन्नेछन् । पढाइमा सोचेजस्तै सफलता पाउन सकिनेछ । शत्रु पराजय हुने भएकोले सक्रिय र सचेत नै हुनु राम्रो हुनेछ । व्यापारमा गरेका प्रयासहरु राम्रै रहे पनि लेनदेनमा भने अलि विचार पुर्याउन राम्रो, भाग्य कमजोर भए पनि कर्म वलियो भएकोले नोकरी तथा राजनीतिमा प्रयत्न गर्दा आफ्ना वर्चस्व बढाउन सकिनेछ । मान्य जनको सद्भाव पनि राम्रै मिल्नेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ प्रेममा खटपट र पति पत्नीमा विवाद सिर्जना होला, संयम हुनुहोला । कर्कट राशिका ब्यक्तिका लागि असार महिनामा शुभ अंक ३, शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ भने जुनसुकै कार्य गर्दा बिहानै शिवजीको आराधना गर्नु भयो भने तपाईँको असार महिना शुभ नै रहनेछ ।

सिंह : सिंह राशिका असार महिनासम्म आर्थिक क्षेत्रमा धन लाभ हुने छ । राज्यपक्षबाट लाभ हुने देखिन्छ । घर जग्गा फलामका साथै मेसिनरी काम गर्नेहरूका लागि शुभ रहेको छ । पैतृक सम्पत्ति लिएर काम गर्दा लाभ हुने देखिन्छ । राजनीतिक क्षेत्रमा लाग्नेहरूका लागि लाभ हुने नै छ । आय आर्जन बढ्ने देखिन्छ । आयस्रोतका बाटाहरू प्रशस्त देखा पर्नेछन् । सरकारी क्षेत्रमा प्रवेश गरेका वा गर्न चाहनेहरूका लागि लाभ रहनेछ । मनमा सकारात्मक सोचको वृद्धि हुने देखिन्छ । सुख शान्ति बढ्ने देखिन्छ । महिनाको शुरुका दिनमा गृह, रक्षाका साथै सेना, पुलिस सम्बन्धी काम गर्नेहरूलाई सावधानी अपनाउनु पर्ने देखिन्छ ।

फलामका साथै मेसीनरी काम गर्नेहरूका लागि शुरुका दिनमा सावधानी अपनाउनु पर्ने देखिन्छ । आगोका साथै होटल सम्बन्धी काम गर्नेहरूका लागि समेत लाभ हुने देखिन्छ । पेटका साथै छाला सम्बन्धी समस्याले सताउने देखिन्छ । धार्मिक क्षेत्रका काम गर्नेहरूका लागि लाभ हुनुका साथै धार्मिक क्षेत्रमा मन लाग्ने देखिन्छ । शरीर प्रफुल्लित भई जोश जागर बढ्ने देखिन्छ । रिसलाई अधीनमा राख्नु पर्ने देखिन्छ । पत्रकारिता, प्रेसका साथै लेखन कार्यमा काम गर्नेहरूका लागि लाभ हुने देखिन्छ । बोलीमा प्रभावकारिता बढ्ने देखिन्छ । शारीरिक सुख प्राप्त हुनका साथै कला संस्कृतिमा लाग्नेहरूका लागि सचेत रहनु पर्ने देखिन्छ ।

पर्यटन क्षेत्रमा लाग्नेहरूका लागि लाभ हुने नै छ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहने देखिन्छ । भूमिका साथै घर जग्गाको काम कारबाही गर्नेहरूका लागि लाभ हुनेछ । भाइ बहिनीहरूबाट लाभ हुनेछ । विदेश यात्रा मिलेता पनि बढी दुःख कष्ट बेहोर्न पर्ने देखिन्छ । खेलकूदमा बढी सक्रिय हुनुपर्ने छ । अलिअलि खर्च बढ्ने रिसको वेग बढ्ने भएकाले आफूलाई संयमित राख्नु राम्रो हुनेछ । ग्रह गोचरले साथ दिनेछ आँटेका काम धेरै पूरा हुनेछन् । मनमा प्रशन्नता बढ्नेछ । आम्दानीका श्रोतहरु चौतर्फी बढ्नेछन् । यात्रा गर्ने अवसर मिल्नेछ । वैवाहिक कार्यहरु अघि बढ्नेछने । प्रेममा सफलता मिल्नेछ । पराक्रमको गति तीव्र हुनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ ।

मित्र तथा परिवारको पूर्ण सहयोग नमिले पनि आफ्नै प्रयासले अघि बढ्न सकिनेछ । शत्रुलाई पराजय गर्दै अघि बढ्दा सफलताको मार्ग अझ बलियो बनाउनेछ । व्यापारमा सफलता सोचे जस्तै मिल्नेछ । नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ । मित्र तथा परिवारको भरोषामा धोका हुनेछ । स्वास्थ्यको ख्याल गर्नु, नगद कारोवारमा अघि नबढ्नु उचित हुनेछ । सिंह राशिका ब्यक्तिका लागि असार महिनामा शुभ अंक २, शुभ रङ्ग रातो, शुभ दिशा पूर्व रहेको छ भने भगवान् शिवजीको आराधना गर्दा तपाईँलाई असार महिना झन् शुभ रहने नै छ ।

कन्या : कन्या राशिका लागि २०७९ असार महिना कार्यमा सफलता प्राप्त हुने छ । शारीरिक सुख प्राप्त हुनेछ । विदेशी कार्यमा लाभ हुने देखिन्छ । घर गृहस्थीको सुख प्राप्त हुनुका साथै मातृ तथा पितृसुख रहनेछ । धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्राको अवसर मिल्ने देखिन्छ । घर, जग्गा, भूमि, खनिज, मेसिनरी सम्बन्धी काम गर्नेहरूका लागि लाभ हुने देखिन्छ । आकस्मिक शारीरिक पीडा हुनुका साथै आकस्मिक चोटपटकको सम्भावना बढेर गएको छ । सेना, पुलिस आदिको क्षेत्रमा कार्य गर्नेहरूले हातहतियार चलाउँदा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।

आगोका साथै होटल सम्बन्धी पेशा गर्नेहरूका लागि सावधानी अपनाउनु पर्ने देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा मनमुटाब बढ्ने देखिन्छ । टाउको सम्बन्धी समस्याले सताउनुका साथै शिर पीडा हुनेछ भने पेटको समस्याले समेत सताउने देखिन्छ । छाला सम्बन्धी समस्याले सताउने देखिन्छ । धनवृद्धि हुनुका साथै लक्ष्मी प्राप्त हुनेछ । महिनाको मध्यपछि अझ राम्रो हुनेछ । बोलीलाई अधीनमा राख्नु पर्ने देखिन्छ । कला, संस्कृति, नित्य, खेलकुद, पर्यटन सम्बन्धी पेशा व्यवसायमा लाग्नेहरूका लागि लाभ रहने छ । विद्यार्थी वर्गका लागि अध्ययनमा मध्यम रहेको छ । समय राम्रो छ मान सम्मान पाउने योग छ । शत्रुसङ्ग अलि सतर्क रहनु होला । पढाइमा उल्लेखीय सफलता, यात्राका अवसरहरु मिल्नेछन् । पहिलो भेटमा नै प्रेमको प्रस्ताव अरुबाट आउनेछ ।

आँटेका काममा सफलता मिल्ने, आम्दानीका अवसरहरु प्रशस्त मात्रामा मिल्नेछन् । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको बलियो सम्भावना छ । राज्यले कुटनैतिक नियुक्ति गर्ने बलियो सम्भावना छ । व्यापारमा सोचे भन्दा बढि लाभ मिल्नेछ । वैदेशिक कार्यमा गरेका प्रयासहरु फलदायी रहनेछन् । ठूला व्यक्तिले आफूमाथि भरोषा गर्नेछन् । नयाँ कामको अवसर मिल्नेछ वैवाहिक कार्यमा अघि बढ्ने बलियो सम्भावना छ । भाग्यको भरोषा नगर्नुहोला कर्ममा जोडदिनु राम्रो हुनेछ । अढैया शनिको प्रभावले मित्रहरुबाट धोका र परिवारिक कलह बढ्न सक्ने भएकोले सजग रहनुहोला । सिंह राशिका लागि असार महिनामा शुभ अंक १, शुभ रङ्ग हरियो, शुभ दिशा दक्षिण अनि जुनसुकै कार्य गर्दा असार महिनामा विष्णु नारायण भगवानको आराधना गर्नुहोला ।

तुला : तुला राशिका लागि २०७९ असार महिना आकस्मिक पद प्राप्त हुने योग रहेको छ । वैदेशिक कार्यमा लाभका साथै वैदेशिक यात्राको अवसर मिल्ने छ । यात्राको सिलसिलामा धन चोरी हुने ग्रह रहेको छ । महिनाको मध्यमसम्म शुभ रहेको छ । प्रेस तथा पत्रकारिताको क्षेत्रमा लाग्नेहरूका लागि शुभ रहेको छ । वाणीमा मिठास आउने छ । सञ्चित धन नोक्सान हुने योग रहेको छ । यात्राको अवसर मिलेता पनि खर्च बढ्ने योग रहेको छ । यात्रा, कला, संस्कृति, श्रृंगारिक सामानको बिक्री गर्नेहरूका लागि नोक्सान बेहोर्न पर्ने देखिन्छ । महिनाको शुरुमा रोग, शोकका साथै शत्रु भय हुनुका साथै विरोधी पक्षहरुले दुःख दिएता पनि विरोधीहरू परास्त हुने छन् ।

सेना, पुलिसका साथै धार्मिक क्षेत्रमा लाग्नेहरूका लागि शुभ फल प्राप्त हुनेछ । यस्तै, ग्रह गोचर राम्रो रहनेछ । जोश र जाँगर प्रशस्त मात्रामा बढ्नेछ । सानै प्रयासले ऐतिहासिक कार्यलाई अघि बढाउदा भाग्यले साथ दिने भएकोले आँटेको काममा सजिलै सफलता मिल्नेछ । कर्म बलियो भएकोले रोकिएका कामहरु क्रमशः बन्नेछन् । शत्रु अलि बलिया भएकाले आफ्नो जित निश्चित पार्न काम गर्दा सजग हुनु पर्नेछ । मित्र तथा परिवार समेत आफ्नो वसमा नभएकाले विश्वासमा काम गर्ने अवस्था छैन ।

नोकरीमा प्रतिस्पर्धा गर्नु परे पनि ठूलै सफलता हात पर्नेछ । कुरा काट्नेहरुलाई निस्तेज गर्दै अगाडि बढ्न सकिने भएकाले विजयका लागि अग्रसर रहनुहोला । व्यापारमा प्रशस्त सफलता हात पर्नेछ । वैदेशिक कार्यमा धेरै ठूला अवसरहरु आउनेछन् । लेनदेनमा विवादको सामना गर्नुपर्नेछ । पढाइमा भने राम्रै सफलता हासिल गर्न सकिनेछ । पूराना कुरा कोट्याएर अप्ठ्यारो पार्ने काम अरुले गर्न सक्ने भएकाले महिना भरिनै सचेत हुँदा राम्रो हुनेछ । तुला राशिका लागि असार महिनामा शुभ अंक ९, शुभ रङ्ग सेतो, शुभ दिशा पश्चिम रहेको छ । जुनसुकै कार्य गर्दा भगवान् लक्ष्मी नारायण अथवा विष्णु भगवानको आराधना गर्नु भयो भने तपाईँलाई असार महिना शुभ दायक नै रहनेछ ।

वृश्चिक : वृश्चिक राशिका लागि २०७९ असार महिनामा शुरुका दिन भन्दा महिनाको मध्यपछि लाभदायक समय रहने छ । सेना, पुलिसका साथै सुरक्षा क्षेत्रका साथै हात हतियार औजार चलाउनेका लागि शुभ रहनेछ । शुरुका दिन केही खराब रहने छ । महिनाको मध्यतिर शत्रु पराजय हुनेछन् । छाला, पेट सम्बन्धी रोग लागेकाहरुलाई निको हुनेछ । महिनाको मध्यपछि आकस्मिक धन लाभ, आकस्मिक कार्य सम्पन्न हुनेछ । लेखन कार्यमा संलग्नहरूका लागि शुभ रहनेछ । विरोधी पक्षहरुले औंला ठड्याउन सक्नेछन् । महिनाको शुरुका दिनमा फलाम, मेशिनरी सामानको कार्य गर्नेलाई महिनाको मध्यपछि शुभ रहनेछ ।

आफन्तका साथै मित्रजनसँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । रोग, शोक, भोगका साथै शत्रुहरू पराजय भएर जानेछन् । पेटसम्बन्धी समस्याले सताउने देखिन्छ । आभूषण, कला संस्कृति, सङ्गीत, पर्यटन क्षेत्रमा कार्य गर्नेहरूका लागि अशुभ महिनाको रूपमा रहेको छ । यात्राको अवसर मिलेता पनि यात्रा कठिन रहनेछ । सरकारी क्षेत्रमा रहेर औजार हातहतियार चलाउनेहरूका लागि चोटपटकको सम्भावना रहेको छ । विद्यार्थी वर्गका लागि अध्ययन कार्यमा बढी मिहिनेत गर्नु पर्ने देखिन्छ ।

नयाँ युवा युवतीहरूका लागि प्रेममा रहनेहरूका लागि प्रेममा लाभदायक नै रहनेछ । राजनीतिमा मध्यम शुभ रहेको छ । तेल, खनिज, भूमि, घरको कारोबार गर्नेहरूका लागि नोक्सान बेहोर्नुपर्ने देखिन्छ । महिनाको शुरुवात भन्दा महिनाको मध्यम पछि क्रमशः राम्रो हुँदै जानेछ । वैदेशिक यात्राको अवसर मिलेता पनि महिनाको अन्तिम सातातिर पछिको यात्रा शुभ रहनेछ । असारको अध्यतिर ग्रह गोचर त्यति अनुकूल देखिन्न । समस्याहरु प्रशस्तै आउनेछन्। मनमा दुविधाले दरिलो डेरा जमाएको छ ।

कुरा काट्नेहरु निकै सक्रिय देखिन्छन् । धननाश हुनुको साथै दाँत मुखमा पीडा पनि बढ्नेछ । कामको फुर्सद मिल्ने छैन । अरुको काम धेरै गर्नुपर्नेछ । घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । मित्र तथा परिवारले पनि अनावश्यक पिरोल्नेछन् । पढाइमा अनुकूल वातावरण बन्नेछ । व्यापारमा गरेका प्रयास भने सकारात्मक रहनेछन् । यात्रा केहि शुलभ रहला । प्रेममा सकारात्मक अवस्था देखिन्छ । लेनदेनमा अघि नबढ्नु नै उचित होला । नोकरी तथा राजनीतिमा गरेका प्रयासले उच्च स्थान पाउन सक्ने छैन, महिना भरिनै सचेत रहनु राम्रो हुनेछ भने विश्वासमा परे धोका हुने र गोपनीयता अपनाउनु उचित हुनेछ । वृश्चिक राशिका लागि असार महिनामा शुभ अंक ८, शुभ रङ्ग रातो, शुभ दिशा उत्तर रहेको छ भने जुनसुकै कार्य गर्नुअघि भगवान् हनुमानको आराधना गर्दा यो महिना शुभ रहनेछ ।

धनु : धनु राशिका लागि २०७९ असार महिना यात्राको अवसर मिलेता पनि यात्रामा धन हानीका साथै दुःख कष्ट बढ्ने सम्भावना बढेर गएको छ । धर्म कर्मतिर मन लाग्नुका साथै धार्मिक यात्रा हुनेछ । साझेदारी कार्यमा सफलता हात पर्नेछ । प्रेम तथा दाम्पत्य जीवनमा बाँधिएकाहरूका लागि शुभ रहनेछ । वाणीमा सावधानी अपनाउनु पर्ने देखिन्छ । पैतृक सम्पत्तिमा लाभ हुनुका साथै धन वृद्धि हुनेछ । फलामका साथै मेशिनरी कार्य गर्नेहरूलाई लाभ हुनेछ भने सरकारी कार्यमा शुभफल प्राप्त हुने देखिन्छ । विरोधी पक्षहरु परास्त हुनेछन् । तेल, ग्यास सम्बन्धी कार्य गर्नेलाई सामान्य रहेको छ । राजनीतिक क्षेत्रमा लाग्नेहरूका लागि कठिन रहेको छ ।

भूमिका साथै निर्माण सम्बन्धी कार्य गर्नेहरूलाई विविध किसिमका झन्झट आईपर्नेछन् । अग्रजहरूको सुझाव अनुसार अघि बढेको खण्डमा लाभ हुनेछ । मानसिक चिन्ता बढ्ने देखिन्छ । वैदेशिक कार्य गर्नेहरूका लागि धन हानी हुने देखिन्छ । विरेधी पक्षबाट विविध किसिमका डर, त्राय, भय उत्पन्न हुने देखिन्छ । पेट, छाला सम्बन्धी समस्या आउने देखिन्छ । प्रेममा रहनेहरूका लागि शुभ रहेको छ । माता, पितासंगको सम्बन्धमा शुभ रहनेछ । महिनाको शुरुका दिनमा प्रेस क्षेत्रमा कार्य गर्नेलाई कठिन हुने देखिन्छ ।

गाडी, फलाम सम्बन्धी कार्य गर्नेलाई कठिन हुने देखिन्छ । पर्यटन, कला सङ्गीत, पर्यटन सम्बन्ध कार्य गर्नेलाई नोक्सान बेहोर्न पर्ने देखिन्छ । यस महिनाको मध्यममा संयम भएमा परिश्रमी र वैदेशिक कार्यमा र कूुटनैतिक क्षत्रमा हुनेहरुका लागि समय अनुकूल रहेपनि ठूलाठूला चुनौतिको सामना गर्नु पर्नेछ । कामको विचमा अवरोध सिर्जना गर्नेहरु निकै सक्रिय देखिन्छन् । आत्मवल पनि कमजोर बन्नेछ । हाडजोर्नीको समस्याले पनि सताउनेछ । कुरा काट्नेहरु सक्रिय हुनेछन् ।

आर्थिक कारोवारमा प्रसस्त अप्ठ्याराहरु आउनेछन् । धातुरोगले पनि सताउनेछ । उच्च रक्तश्रावको पनि सम्भावना छ । आफन्तहरुले संवेदनशील समयमा धोका दिनेछन् । सूर्य बृहस्पति अनुकूल हुने हुँदा व्यापारमा प्रेममा लाभ मिल्नेछ । आर्थिक पक्षले अनुकूल हुनेछ । परिवारबाट सहयोग मिल्ने, पढाइमा सफलता मिल्ने, नोकरी तथा राजनीतिमा सामाजिक कार्यका साथै वैवाहिक बन्धनमा बाँधिने योग छ । ठूला व्यक्तिले आफ्नो मान बढाउन कोसिस गर्ने भएकोले महत्वपूर्ण काम उच्च मनोवलका साथ गर्नु उचित हुनेछ । धनु राशिका लागि असार महिनामा शुभ अंक ७, शुभ रङ्ग पहेँलो, शुभ दिशा पूर्व रहेको छ । भने जुनसुकै कार्य गर्नुअघि ईष्टदेवता वा कुलदेवताको सेवा गर्दा तपाईँलाई असार महिना शुभ रहने देखिन्छ ।

मकर : मकर राशिका लागि २०७९ असार महिनामा विरोधी पक्षहरु परास्त हुनेछन् । आँटेको कार्यमा सफलता हुनेछ । आर्थिक लाभ हुने देखिन्छ । वैदेशिक कार्यमा जान चाहने वा वैदेशिक काम कारोबार गर्नेहरूका लागि शुभ रहने देखिन्छ । विविध किसिमका संकटको अवस्था आइपरेता पनि संकट समाधान हुनेछ । प्रशासनिक क्षेत्रमा काम गर्नेहरुलाई शुभ रहनेछ । कला, सङ्गीत, पर्यटन, खेलकुद, श्रृंगारिक सम्बन्धी कार्य गर्नेहरूलाई लाभ हुनेछ । राजनीतिक क्षेत्रमा कार्य गर्नेहरूका लागि शुभ फल प्राप्त हुनेछ ।

कुलकुटुम्बको साथ सहयोगबाट लाभ हुने देखिन्छ । धार्मिक क्षेत्रमा लाग्नेहरूका लागि धार्मिक यात्रा मिल्नुका साथै धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार हुनेछ । महिनाको मध्यपछि विरोधी पक्षबाट नोक्सान बेहोर्न पर्ने देखिन्छ । सेना, पुलिस, होटल, फलाम, मेसिनरी सम्बन्धी कार्य गर्नेहरूका लागि नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ । सन्तान सुख प्राप्त हुनुका साथै आफन्तबाट सुख प्राप्त हुनेछ । फलाम, मेशिनरी, मेकानिकल सम्बन्धी कार्य गर्नेहरूलाई शुरुका दिनमा शुभ रहेता पनि मध्यतिर अशुभ रहने देखिन्छ । बोल्दा कम बोल्दा राम्रो हुनेछ । पुत्रसुख हुने देखिन्छ । अध्ययनमा शुभ हुने देखिन्छ भने कार्यमा सफलता देखिन्छ ।

कला, संस्कृति, गीत, सङ्गीत क्षेत्रमा शुभ रहने देखिन्छ । दाम्पत्य जीवनका साथै प्रेममा शुभ रहने देखिन्छ । वैदेशिक यात्राको अवसर मिलेता पनि यात्रा झन्झटिलो हुने देखिन्छ । यो महिनाको दोश्रो साता समय राम्रो छैन । शनि साढे साति र राशिको मंगल प्रतिकूल प्रभाव पर्ने हुदा संयम हुनु जरुरी छ । आफन्त र परिवारलाई समेत यथार्थ खोलेमा गरेका काममा सफलता मिल्नेछैन । अरुको विश्वास सजिलै जित्न सकिने छैन । मित्रहरुको सहयोग नमिले पनि आफ्नै प्रयासले भने महत्वपूर्ण काम धेरै गर्न सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा सफलता मिल्नेछ । व्यापारमा लाभ राम्रै मिल्ने छ ।

भाग्यले साथ दिनेछ । तर नोकरी तथा राजनीतिमा सोचेजस्तै सफलता मिल्नेछैन । प्रेम गर्ने अवसर पनि मिल्ने, वैवाहिक बन्धनमा बाँधिने योग पनि छ । स्वास्थ्यमा समस्या आउने र मनमा चिन्ता बढाउने र आर्थिक कठिनाइ हुन सक्ने भएकोले नगद कारोवारमा विचार गर्नुहोला । मकर राशिका लागि असार महिनामा शुभ अंक ६, शुभ रङ्ग कालो, शुभ दिशा दक्षिण रहेको छ भने कालभैरवको पूजा अर्चना गर्दा वा शिवजीको आराधना गर्दा तपाईँलाई असार महिना शुभ रहने देखिन्छ ।

कुम्भ : कुम्भ राशिका लागि २०७९ असार महिना घर जग्गाको कारोबार गर्नेहरूका लागि लाभ हुनेछ । धार्मिक कार्यमा लाभ हुने देखिन्छ । रोकिएका काम सफलतापूर्वक सम्पन्न हुनेछन् । नयाँ युवाहरूलाई प्रेममा सफलता देखिन्छ । गीत सङ्गीत क्षेत्रमा लागेकाहरूका लागि लाभ हुने देखिन्छ । पर्यटन, कलाकारिता क्षेत्रमा लाग्नेहरूका लाई शुभ हुने देखिन्छ । वस्त्र, श्रृङ्गारिक सम्बन्ध कार्य गर्नेहरूका लागि लाभ हुने देखिन्छ । पशु चौपाया सम्बन्धी क्षेत्रमा काम गर्नेहरूका लागि समेत लाभ हुनेनै देखिन्छ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता प्राप्त हुने देखिन्छ । प्रेस, पत्रकारिता क्षेत्रमा काम गर्नेहरूका लागि शुभ रहेको छ ।

फलाम, मेशिनरी सम्बन्धी काम गर्नेहरूका लागि शुभ रहेको छ । रोग, शोक, भोक र शत्रु विजय माथि विजय प्राप्त हुने देखिन्छ । महिनाको मध्यपछि भय, डरका साथै शत्रुले दुःखकष्ट दिने सम्भावना रहेको छ । आँखा सम्बन्धी समस्याले सताउनुका साथै सञ्चित धनहानी हुने देखिन्छ । महिनाको मध्यपछि आटेका, सोचेका कामहरू सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । सेना, पुलिसका साथै सुरक्षा क्षेत्रमा कार्य गर्नेहरूका लागि लाभ हुने देखिन्छ । आर्थिक क्षेत्रमा अलि धनहानी हुने देखिन्छ भने प्रशासनिक क्षेत्रका साथै तेल सम्बन्धी काम कारोबार गर्नेहरूका लागि हानि हुने देखिन्छ । प्रेमका साथै दाम्पत्य जीवनमा सुखद समाचार सुन्न पाइनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा लाभ हुनेछ भने वैदेशिक काम कारोबार गर्नेहरूलाई तथा वैदेशिक यात्रा गर्नेहरूका लागि नोक्सान व्यहोर्न पर्ने देखिन्छ ।

यसैगरी ग्रह गोचर नराम्रो देखिन्न । बाह्रौँ मंगल तथा छैटौं शुक्रको प्रतिकूल प्रभावले स्वास्थमा बाधा पुर्याउन सक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । शत्रुसंग सतर्क हँुदै अघि बढेमा आर्थिक लाभका अवसरहरु प्रशस्त मात्रामा मिल्नेछन् । आँटेका काममा पनि सफलता मिल्नेछ । बोलीको प्रभाव राम्रो भएकोले धेरैसँग बोल्ने प्रयास गर्नु वेश हुनेछ । घरेलु काममा अरुचि बढ्ने र मित्रहरुले असहयोग गर्ने योग भएकोले महत्वपूर्ण काम गर्दा गोपनीयता अपनाउनुपर्ला । कुरा काट्ने हरुलाई निस्तेज गराउन सकिनेछ । पढाइमा गरेको प्रयासले ठूलो सफलता हात पर्नेछ नोकरी तथा राजनीतिमा सफलता हात पर्नेछैन ।

यो महिनाको अन्तिममा व्यापारमा उन्नतिको अवसर मिल्नेछ । वैदेशिक कार्यमा ठूलै सफलता हात पार्न सकिनेछ । प्रेममा पनि सन्तोष मिल्ने, वैवाहिक प्रकृया अघि बढ्ने सम्भावना छ । कुनै नैतिक कार्यमा आफ्नु दक्षता दर्शाउदा पनि सफलता मिल्नेछ । शत्रु सक्रिय हुने भएकाले सबै क्षेत्रमा सचेत भएर काम गर्नु पर्नेछ । कुम्भ राशिका लागि असार महिनामा शुभ अंक ५, शुभ रङ्ग निलो, शुभ दिशा पश्चिम रहेको छ । जुनसुकै कार्य गर्नुअघि शिव भगवानको आराधना गर्नु भयो भने तपाईँलाई असार महिना शुभ रहने देखिन्छ ।

मीन : मीन राशिका लागि २०७९ असार महिनाको शुरुवाती दिन भन्दा मध्यतिर लाभ दायक नै रहने छ । सोचेका, आँटेका कार्यहरू सम्पन्न हुने देखिन्छ । मित्रजनबाट लाभ हुनुका साथै अघि बढ्ने देखिन्छ । फलामका साथै मेसीनरी सम्बन्धी कार्य गर्नेहरूका लागि लाभ हुनेछ । आर्थिक क्षेत्रमा धनलाभ हुने नै छ । पत्रकारिता क्षेत्रमा लाग्नेहरूका लागि शुभ महिना रहेको छ । विरोधीका साथै शत्रु पक्ष्यबाट नोक्सान व्यहोर्न पर्ने देखिन्छ । दाजुभाइबाट सामान्य लाभ हुनेछ । मित्रजनबाट लाभ हुनेछ । आभूषण सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ ।

वस्त्र विक्रेता, श्रृङ्गारिक सम्बन्धी कार्य गर्ने, गीत, सङ्गीत, पर्यटन क्षेत्रमा कार्य गर्नेहरूका लागि पनि लाभ नै रहेको छ । सञ्चित धनवृद्धि हुनेछ । आँखा सम्बन्धी समस्याले सताउने देखिन्छ । कुलकुटुम्बबाट लाभ हुने देखिन्छ । बोल्दाखेरी सावधानी अपनाउनु पर्ने देखिन्छ । सेना, पुलिसका साथै सुरक्षा सम्बन्धी कार्य गर्नेहरूका लागि सावधानी अपनाउनु पर्ने देखिन्छ । होटल क्षेत्र, मेसिनरी सम्बन्धी कार्य, हातहतियार सम्बन्धी काम गर्नेहरूले बढी सावधानी अपनाउनु पर्ने नै छ ।

प्रेम तथा दाम्पत्य जीवनमा सुख प्राप्त हुने देखिन्छ । वैदेशिक काम गर्नेहरूका साथै वैदेशिक काम कारोबार गर्नेहरूलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । सरकारी क्षेत्रमा रहनु भएकाले सचेत अपनाउनु पर्ने देखिन्छ । यो महिनाको तेश्रो सातातिर समय राम्रो छ । बोलीको प्रभाव राम्रो रहनेछ । तपाईँको सत्यताले अरुको विश्वास जित्न सजिलै सक्नेछ । जोश प्रशस्त मात्रामा बढ्नेछ । वौध्दिक तीव्रताले आँटेको काम पूरा गर्न सकिनेछ । तपाईँको लगनशीलता र इमान्दारिताको अरुले खुलेर प्रशंसा गर्नेछन् ।

महिनाको अन्तिममा घरेलु समस्याले सताउने र मित्रहरुको गुनासो बढ्ने हुनाले घरबाहिर आफन्तबाट टाढा रहेर काम गर्नु उचित हुनेछ । सन्तान नहुनेका लागि सन्तान प्राप्तिको समय पनि रहेको छ । व्यापारको मार्ग अझै फराकिलो रहनेछ । प्रेममा आनन्द लिने पतिपत्नीमा सुमधुर सम्वन्ध हुने तथा यात्रामा सुधार आउन समय चलेको हुँदा त्यसतर्फ सक्रिय रहनुहोला । नोकरीमा गरेका प्रयास सकारात्मक रहनेछन् भने राजनीतिमा उतारचढावको सामना गर्नु परे पनि अन्ततः सफलता प्राप्त हुनेछ ।

राज्यले सम्मान गर्ने, आम्दानीको नयाँ श्रोत हात पर्ने देखिन्छ । मीन राशिका लागि असार महिनामा शुभ अंक ४, शुभ रङ्ग पहेँलो, शुभ दिशा उत्तर रहेको छ भने जुनसुकै गर्नुअघि शिवजीको आराधना वा बंगलामुखीको आराधना गर्नु भयो भने तपाईँलाई असार महिना शुभ रहने नै छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ