arrow

इन्जिनियरिङ पढेकी छोरीलाई चालकले लग्यो, अदालतले दियो यस्तो आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
courts.jpeg

काठमाडौं । भारतको कर्नाटक उच्च अदालतले प्रेम अन्धो हुन्छ भनेर टिप्पणी गरेको छ । राजी खुसीले विवाह गर्ने वयस्क केटीलाई आफ्नो पतिसँग बस्न आदेश दिँदै कर्नाटक उच्च अदालतले प्रेम अन्धो हुन्छ भनी टिप्पणी गरेको हो ।

यसबाहेक मातापिताको माया पनि केही होइन । तर, केटीलाई आज जसरी आमाबुवासँग गरिरहेकी छिन्, भोलि आफूलाई पनि त्यस्तै हुनसक्ने बताएको छ । 

उक्त मुद्दामा बालिकाका बुबाले छोरीले इन्जिनियरिङ पढेकी थिइन् तर चालकले जबरजस्ती आफूसँगै लगेको भन्दै उच्च अदालतमा निषेधाज्ञा दायर गरेका थिए । 

उच्च अदालतले केटा र केटीलाई बोलाएर आफूलाई वयस्क भएको भन्दै राजी खुसीले बिहे गरेको जानकारी दिँदै श्रीमानसँग बस्ने इच्छा व्यक्त गरिन् ।

उच्च अदालतले निवेदन खारेज गर्दै युवतीलाई इच्छा अनुसार बाँच्न स्वतन्त्रता दिएको छ ।

'कानुनी रूपमा जीवनसाथी छनोट गर्नमा समाज वा अभिभावकको भूमिका होइन, यो जीवनको महत्त्वपूर्ण मामिलामा व्यक्तिगत स्वायत्ततासँग सम्बन्धित निर्णय हो।' अदालतले भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ