arrow

अनौठो घटना : भारतमा मम: खाएर पहिलो व्यक्तिको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
momo.jpg.jpeg

काठमाडौं । भारतमा मम: खाएर एक व्यक्तिको मृत्यु भएको घटना बाहिरिएको छ ।  नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का फोरेन्सिक विशेषज्ञहरूले पोस्टमार्टम परीक्षण पछि देशमा पहिलो पटक यस्तो घटना भएको बताए ।

दक्षिण दिल्लीको एक रेस्टुरेन्टमा एक ५० वर्षीय पुरुषले मम: खाइरहेका थिए। अचानक भुईँमा लडेर उनको मृत्यु भयो।  पोस्टमार्टमा उनको घाँटीमा मम: अड्किएको भेटियो। पेटमा रक्सी पनि थियो ।  मम: खाँदा उनी मातेको हुन सक्ने सम्भावना छ । फरेन्सिक विभागका प्रमुख डा सुधीर गुप्ताले यो घटना निकै दुर्लभ भएकोले यसबाट पाठ लिनुपर्ने बताए ।

डा अभिषेक यादवले पोस्टमार्टममा मृतकको वायु नलीको शुरुमा मम: भेटिएको बताएका छन् । खाना खाने क्रममा श्वास नली अवरुद्ध भएर अप्रत्याशित मृत्यु भएको यो पहिलो घटना भने  होइन । विश्वमा १२.२ मिलियन मध्ये एक जनाको मृत्यु खानाको समयमा श्वासप्रश्वासमा अवरोधका कारण हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ