arrow

पृथ्वी राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
prithivi-rajmarga.jpg

पोखरा । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको  इच्छाकामना-४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।    

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले जनाएको छ । 

वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ