arrow

नबिल बैङ्कद्वारा क्युआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
nabil-logo-3D.jpg

काठमाडौँ। नबिल बैङ्कले महिला तथा युवा क्युआर मर्चेंट लक्षित गर्दै क्युआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ। नबिल बैङ्क र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित “क्युआर कोड: महिला र युवाका लागि नबिल बैङ्क डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत योजना सुरु गरिएको बैङ्कले जनाएको छ।

विशेष गरी कोभिड पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उद्देश्यको साथ यो योजना सुरु गरिएको छ। युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र सङ्घको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्यमी जसको आफ्नो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्, उनीहरूलाई बुझ्नुपर्दछ। यस अधि नयाँ वर्षको अवसरमा पनि नबिल बैङ्कले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो।

एक महिनाको लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्युआर मर्चेन्टले गर्ने पहिलो क्युआर कारोबारमा १० प्रतिशत वा अधिकतम  प्रति कारोबार रु.२०० नगद फिर्ता दिइनेछ। यो योजना आषाढ महिनाभरि लागु हुनेछ।

वित्तीय पहुँच नपुगेका महिला र युवा उद्यमीमा लक्षित यस योजना मार्फत नबिल बैङ्कले त्यस्ता उद्यमीहरूलाई बैङ्किङ च्यानलमा भित्राउने, पुराना निष्क्रिय मर्चेन्टलाई सक्रिय बनाउने र उनीहरूलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढवा दिने लक्ष्य लिएको छ।

सन् १९८४ मा स्थापित यस बैङ्कले हाल १५० शाखा, १८७ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू मार्फत आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ। बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् डिजिटल सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ। यस बैङ्क ग्राहक वर्गको उच्च सन्तुष्टि एवम् आधुनिक डिजिटल बैङ्किङ युगको सुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ