arrow

यस्तो छ मधेस प्रदेशको बजेट (पूर्ण पाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
madhesh-budget.jpg

जनकपुर ।  मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० का लागि लागि बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्री शैलेन्द्र साहले आर्थिक वर्ष २०७८–०७९का लागि कुल ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षभन्दा १३ अर्बले बढी रहेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको ४६.४४ प्रतिशत अर्थात् २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार चालु तर्फ बजेट विनियोजन गरेको छ। 

पुँजीगत तर्फ ५३.२१ प्रतिशत अर्थात् २५ अर्ब ८२ करोड २० लाख ८० हजार र वित्तीय व्यवस्थापन तर्फ ०.३५ प्रतिशत अर्थात् १६ करोड २४ लाख ५६ हजार २ सय बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक श्रोतको राजश्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, सञ्चित रकम ३८ करोड, नेपाल सरकारको तर्फबाट प्राप्त अनुदान १० अर्ब ६ करोड ९१ लाख, राजश्व बाँडफाँडबाट ११ अर्ब ६१ करोड ९८ लाख, चालु आर्थिक वर्षको नगद मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, सम्पूर्ण अनुदान ७८ करोड सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त ४ करोड ३३ लाख ४७ हजार गरी कुल ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार बजेट व्यवस्थापनमा प्रयोग गरिनेछ । 

त्यस्तै कम रहन गएको १ अर्ब ८२ करोड १० लाख १८ हजार न्यून रकम आन्तरिक ऋणबाट गरिने हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ