arrow

कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
congress-party-office-2081.jpg
तस्बिर-फाइल

धनुषा । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।

पत्रमा भनिएको छ, “मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिदेखि सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।”

केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ