arrow

मधेसमा एमालेसहितको सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
saroj-kumar-yadav-chief-minister-madhes.JPG

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन गरेका छन् । 

केन्द्रमा सत्तागठबन्धन बदलिएपछि एमालेलाई सरकारमा सहभागी गराउँदै उनले सोमबार मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । 

पुनर्गठित मन्त्रिमण्डलमा एमालेका तर्फबाट प्रदेशसभा संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरिएको छ । 

यसअघि गत वर्ष सम्पन्न आमनिर्वाचनपछि एमालेसहितको गठबन्धन बन्दा उनले छोटो समयका लागि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

मन्त्री यादवले सोमबारै पदबहाली गरेका प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । मन्त्री यादवले सोमबारै पदभारसमेत ग्रहण गरेका छन् । 

केन्द्रीय गठबन्धनमा फेरबदल हुँदा पनि नेपाली कांग्रेसतर्फका मन्त्रीहरूले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले एउटा मन्त्रालय एमालेलाई दिएर बाँकी चार मन्त्रालय आफूसँगै राखी मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

 उनसँग शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसङ्ख्या, गृह, सञ्चार तथा कानुन र श्रम तथा यातायात गरी चार मन्त्रालय छन् । यद्यपि केन्द्रमा प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका मन्त्रीलाई भने यथावत् राखिएको छ । 

सो पार्टीबाट रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ